काठमाडौं। नेपालकी चर्चित गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘पूर्वदेखि पश्चिमसम्म‘’ सार्वजनिक भएको छ। हिराकाजी थापाकोे शब्द, रोशन गुरुङको सङ्गीत र नोर्वु लामोको एरेञ्ज रहेको उक्त गीतको भिडियो शनिवारवाट ड्रिम्स गेट ईन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत विश्वव्यापी रिलिज भएको हो।

कृष्ण रसालकोे निर्देशन र टेक छिरिङ लामाको कोरियोग्राफी रहेको गीतको भिडियोमा रेशम फिरिरि, सृष्टि खड्का, करण बराल, सुभाष गजुरेल, ज्ञानेन्द्र खड्का, आरजे सापकोटालगायतका कलाकारलाई फिचरिङ गरिएको छ। राजेन्द्र पाण्डेको छायाँकन रहेको भिडियोमा लोकेन्द्र सुब्बाको सम्पादन छ ।

गीत रोमान्टिक डान्सिङ फ्लेवरको छ र भिडियो पनि उत्तिकै आकर्षक बनेको दावी ड्रिम्स गेट ईन्टरटेन्मेन्टको युट्युब च्यानलका कार्यकारी प्रमुख ईश्वरराम थापाको रहेको छ। थापाका अनुसार, गीतको गायन अनुरुप भिडियो अत्यन्त राम्रो बनेको छ।

प्रकाशन मिति–२०७६ साल फागुन २४ गते शनिवार ।