काठमाडौं। परदेशमा सिकेका सीप र ज्ञानलाई नेपालमा नै पोखेर नेपाललाई समृद्ध बनाउने तथा नेपालीहरुलाई सुखी वनाउने खोजमा लाग्ने युवाहरुको जमात नेपालमा नै रहेका छन्। उनीहरुलाई सरकारले खासै कुनै प्रोत्साहन नदिएतापनि परदेशमा सिकेका सीप र ज्ञानलाई स्वदेशमा पोखेर नयाँ नयाँ रोजगारी सिर्जना गर्ने कार्य गर्दैआएका छन्।

त्यसरी, परदेशमा सिकेका सीप र ज्ञानको खुवीलाई स्वदेशमा पोख्ने कार्य गर्ने तन्नेरीहरु मध्येका एक तन्नेरी चिरञ्जीवि खनाल पनि हुन। चिरञ्जीवि खनालले दुबई, कतार तथा मलेसिया लगायतका देशहरुमा एक दशक लगाएर सिकेर आएका सीप तथा ज्ञानलाई नेपालमा नै फर्केर विगत पाँच बर्षदेखि रमिरहेका छन्। सुखी–खुशी तथा आनन्दी मनले
स्वरोजगारमुखी डेरीको व्यवसायमा व्यस्त छन्।

बोली, बचन तथा ब्यवहारका धनी व्यक्तित्व चिरञ्जीवि खनालको सोच बेग्लै रहेको छ। कृषिमा आधारित डेरी व्यवसायलाई उन्नत वनाउने कार्यमा तल्लिन चिरञ्जीवि खनालको निशा डेरी काठमाडौं महानगरपालिका र टोखा नगरपालिकाको सिमाना सामाखुशी चोक स्थित भण्डारी टोलमा रहेको छ।

कोरोनाभाइरस (कोभिड–१९) को महामारीका कारण नेपालमा जारी लकडाउनको अवस्थामा पनि निरन्तर ग्राहकको सेवामा नरोकिएका चिरञ्जीवि खनाल सामाजिक दुरी कायम गरेरै अत्यावश्यक डेरीका उत्पादन ग्राहकको सेवामा उपलव्ध गराउने कार्यमा पछि परेका छैनन्। व्यक्तिगत स्वास्थ्यमा विलकुलै मध्यनजर गरेर स्वस्थकर डेरीका उत्पादनलाई प्राथमिकतापूर्वक जनसमक्ष ल्याउने कार्य चिरञ्जीवि खनालवाट भैरहेको छ।

परदेशवाट स्वदेश फर्केर डेरी व्यवसायमा लागेका चिरञ्जीवि खनाल विदेशमा जस्तै रमाउन सफल भएका छन्। परदेशमा घर–परिवारलाई मिस्ड गरेर पीडामा बाँच्नुपर्दछ भने, स्वदेशमा परिवार तथा बालबच्चासंग रमेर व्यवसाय गर्न पाउंदाको मज्जा बेग्लै हुने गरेको भिजन संसार डटकमको भिडियो वार्तामा चिरञ्जीवि खनालले भनेका छन्।

राम्रो प्रोत्साहन र उचित आधारशीला तयार मात्र गरिदिने कार्य सरकारवाट हुने हो भने, ढुंगो फोडे्र फूल फुलाउने युवाहरुमा आँट र साहस छन्। अर्गानिक कृषि बजार देखि होटल तथा रेष्टुरेन्ट, डेरी व्यवसाय लगायत विभिन्न क्षेत्रमा तन्नेरी युवाहरुको सोचको दायरा फराकिलो हुंदैगएको छ।

चिरञ्जीवि खनाल जस्ता युवाहरुले रोजगारीमूलक क्षेत्रमा क्रान्तिकारी कार्य पनि गर्दैअगाडि बढ्ने प्रशस्तै संभावना छ। यसतर्फ युवाहरुलाई जोश तथा जाँगर बढाउने कार्य गर्न र गराउन सरकारको विशेष भूमिका हुनु आवश्यक छ।

प्रकाशन मिति–२०७७ साल असार २२ गते सोमवार ।