काठमाडौं। गीतको बोल नै ‘म हु साइको ‘ भएपछि साइको टाइपको भिडियो हुनु स्वभाविक हो। नायक जयकिशन बस्नेतको समेत छाडा बोली भएको ‘म हु साइको ‘भिडियोमा तन्नेरी जवानलाई साइको पारामा प्रस्तुत गरेको छ।

तन्नेरीलाई तरुनीहरुले लाउने बुलाकी समेत लाउन लगाएर साइकोमा महासाइको बनाउने प्रयास भएको देखिन्छ। साइको पारामा ‘म हु साइको ‘भनेर उफ्रने साइको गायक तथा नायक अनिल गुरुङ हुन। उनलाई दुई मोडल सुस्मिता श्रेष्ठ र रुपा लामाले अभिनयमा साथ दिएका छन्।

निर्देशन गायक तथा नायक अनिल गुरुङकै रहेको छ। हेर्दा अलि फरक पाराको भएकोले निर्माण टीमले यसलाई आम भिडियोहरुभन्दा फरक भनेका छन्। कतिले विकार भनेर आलोचना पनि गरेको सोही निर्माण टीमको भनाई छ।

प्रकाशन मिति–२०७९ साल भाद्र २५ गते शनिवार ।