काठमाडौंं। लिच्छवीकालिन राजा मानदेवको राजधानी मानिएको तत्कालिन आलामपुर हालको कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर २ आलापोटका वडा अध्यक्ष अर्थात वडा सरकार प्रमुख सुरज खड्का वडालाई नमूनामय वडा बनाउने जोशमा छन्। भर्खरैका तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख खड्का निर्वाचित भएर आएको दश महिनामा नोटिसेबल कार्य गर्न सफल बनेका हुन्।

रातको बेला प्राय अन्धकार हुने वडालाई सडक बत्ति मार्फत उज्यालो बनाउने कार्य देखि बर्षौ बर्ष देखि सडक पिच नभएर धेरै दुःख खेपिरहेको वडावासीलाई छिटो भन्दा छिटो सडक पिच गर्न लगाएर राहत दिने कार्य भएको छ। शान्ति–सुरक्षा र अमैनचैयन कायम गर्नका लागि वडावाटै प्रत्येक टोल तथा सडकलाई नियाल्न सक्ने गरेर सिसि क्यामेरा जडान गर्ने कार्य भएको र त्यसवाट चौविसै घण्टा मोनिटरिङ गर्ने , बाटो निर्माण क्रममा क्षत विक्षत भएको ठाडोकुलो सिंचाइ योजनाबाट तत्काल हिउंडे बालीमा अस्थायी पोलि पाइपको प्रयोग गरेर पानी सञ्चालन गरेको र स्थायी संरचना निर्माणको लागि नगरपालिका तथा सिचाई विकास डिभिजन कार्यालयबाट बजेट ब्यबस्थापन गर्ने कार्यमा लागिपरेको खुलासा पनि अध्यक्ष खड्काले गरेका छन्।

त्यस्तै, निःशुल्क विद्यार्थी स्वास्थ परिक्षण कार्यक्रम, प्रजनन स्वास्थ्य शिविर सञ्चालन, पुरुषको लागि स्थायी बन्ध्याकरण शिविर सञ्चालन, स्वास्थ सम्बन्धी जनचेतनामुलक कार्यक्रम, डेङ्गु, डायविटिज लगायत स्वास्थ स्वयमसेवी अभिमुखिकरण तालिम समेत यो दश महिनामा गरेको जानकारी पनि खड्काले दिए । वडा मार्फत राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य सञ्चालन, प्रथम वडाकप फुटसल प्रतियोगिता सम्पन्न गरि युवा उर्जालाई खेलकुद तर्फ आकर्षित र उपयोग गर्ने काम गरेको समेत वडा सरकार प्रमुख खड्का बताउँछन् ।

वडावासीलाई रातविरात स्वास्थ्य उपचारका लागि अस्पताल जानुपरेको खण्डमा चौविसै घण्टा एम्बुलेन्स सेवाको लागि पहल गर्ने कार्य देखि आवश्यक विकास निर्माण कार्यमा तिब्र भएर लाग्ने लक्ष्य राखेको पनि सरकार प्रमुख खड्काले बताए । कृषि सामाग्री अनुदान कार्यक्रम अन्तर्गत मल, बिऊ विजन, विषादी बितरण तथा फलफूल, तरकारी तथा बोटविरुवा बितरण कार्य समेत गरिएको, पशु विमा लगायत तत्सम्बन्धी कार्यक्रम सञ्चालन गरेको, सहकारी विकास अन्तर्गत आलुखेती तालिम, विभिन्न सामुदायिक विद्यालयहरुमा विभिन्न सामाजिक संस्था र एन जि ओ मार्फत किताब तथा स्टेसनरी सामाग्री बितरण गर्ने कार्य गरिएको, वेरोजगार युवालाई सीपमूलक रोजगार सम्बन्धी आधारभुत तालिम सञ्चालन लगायत आउने वर्षादमा हुनसक्ने विपद व्यवस्थापन र्यापिड टास्क फोर्स समेत तयारी अवस्थामा राख्ने जस्ता कार्यहरु बारे योजना बनाउदै रहेको बताउने वडा प्रमुख खड्का संभवतः काठमाडौं उपत्यकाकै कम उमेरका वडा सरकार प्रमुख हुन्।

यिनै वडा सरकार प्रमुखको पहल तथा वडा सदस्यहरुको नेतृत्वमा भएको थप कार्यहरु निम्नानुसार रहेको छ।

–सडक दुर्घटना न्यूनिकरण गर्नको लागि कन्भेक्स मिरर राख्ने कार्य सम्पन्न भएको,
–नियमित योजनाहरु कर्यान्वयनको क्रममा रहेको,
–यातायात व्यवस्थापनको लागि पहल
–विवाद समाधानको लागि वडा मेलमिलाप समिति गठन भै कार्य भएको
–बाल हितको लागि बाल सरोकार समिसत गठन गरि नियमित कार्य सुरुवात गरिएको
–विद्युतीय समस्या समाधानको लागि पहल गरिएको
–साविक आलापोट १ सूर्यमण्डलिमा बनस्पति उद्यान निर्माणकार्य गर्न सार्वजनिक जग्गा सिमांकन गरि डिपिआरको लागि नगरपालिकासंग समन्वय भैरहेको ।
–आलापोट गणेश मन्दिर देखि बागमती सडक निर्माण कार्य सञ्चालन भएको
–जरिबुट्टे कृष्णमन्दिर सडको डिमार्केसन साथै टेवापर्खाल निर्माण कार्य गर्ने पहल सुरु गरिएको

प्रकाशन मिति–२०७९ साल फागुन २८ गते आइतवार ।