मुम्बई। भारतीय चलचित्र उद्योगमा एक अभिनेत्री देह–व्यापार गर्दै गरेको अवस्थामा रंगेहात पक्राउमा परेकी छन्। तमिलकी चर्चित टिभी अभिनेत्री संगीतालाई देह व्यापारको आरोपमा पक्राउ गरिएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार संगीतालाई चेन्नईको एक निजी रिसोर्टबाट प्रहरीले आइतवार छापा मारी रंगेहात पक्राउ गरेको हो। संगीता टेलिभिजनमा ‘वानी रानी’ नामबाट चर्चित रहेकी छन्। उनी देह व्यापारको धन्धामा फसेपछि भारतीय फिल्मी उद्योगमा तरंग नै उत्पन्न भएको छ।

प्रहरीले छापा मार्दा संगीतासहित एक पुरुष र अन्य कलाकारलाई समेत नियन्त्रणमा लिएको बताइएको छ। तमिल टेलिभिजन उद्योगमा संगीता चर्चित अभिनेत्री हुन्। उनले कैयौ धारावाहिकमा काम गरेकी छिन्। केही तमिल फिल्ममा पनि उनले काम गरेकी छन्।
प्रकाशन मिति–२०७५ साल जेठ २२ गते मंगलवार ।