काठमाडौं। नेपालका तराई तथा मिथिला क्षेत्रमा निकै महत्व र निष्ठापूर्वक मनाइने छठ पर्व आज विहीवारबाट शुरु भएको छ । कार्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने यस पर्वको रौनकता र उमंगले तराईवासी उत्साहित बनेका हुन्।

तिहारको समाप्तिसँगै विहीबारदेखि शुरु भएको छठ पर्वको चहलपहलले तराईवासीमा ठूलो उमंग भित्रिएको छ। सत्य र अहिंसाको बाटोमा डोर्‍याउँदै सम्पूर्ण चराचर जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यो पर्वको मुख्य उद्देश्य हो।

पारिवारिक सुख, शान्ति, तथा मनोकांक्षा पूरा होस् भन्ने कामनाका साथ मनाइने छठलाई निकै श्रद्धा र विश्वासका साथ मनाउने गरेका छन्। महाभारतअनुसार द्रौपतिसहित पाण्डवहरुले गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको कथासँग यसको ऐतिहासिक सम्बन्ध जोडिएको छ।

मुख्य मानिने तेस्रो अर्थात् षष्ठीको दिन शनिवार निराहार र निर्जल ब्रत बसेका ब्रतालुहरु साँझपख जलाशय वा नदीको किनारमा छठी माताको पूजाआजा गरी पश्चिमतर्फ फर्केर अस्ताउँदो सूर्यलाई अघ्र्यदान गर्छन् र सप्तमीका दिन उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि यसको विधि पूरा भएको मानिन्छ।


प्रकाशन मिति–२०७६ साल कात्तिक १४ गते विहीवार ।