काठमाडौं। पाटन अस्पतालमा कार्यरत नेपाली नर्स अभिरुचि बुढाथोकीले भोकभोकै परेका ६ परिवारलाई राहत सहयोग प्रदान गरेकी छन्। चोभारमा रहेका असहाय तथा विपन्न वर्गका परिवारलाई आज सोमवार सहयोग वितरण गरेकी हुन।

चोभारमा रहेका असहाय तथा विपन्न वर्गका परिवार भोकभोकै भएको खवर पाएपछि तलब आएको दिन उक्त सहयोग गरेको भिजन संसार डटकमलाई नर्स बुढाथोकीले जानकारी दिएकी छन्। ६ परिवारलाई खाद्यान्न लगायत खाना पकाउने ग्यास सहितको सिलिन्डरको अलावा कोरोना संक्रमणवाट बच्न र बचाउन स्यानिटाइजर तथा सर्जिकल मास्क वितरण गर्ने कार्य नर्स बुढाथोकीवाट भएको छ।

कोरोना कहरको कारण जारी लकडाउनमा असहाय तथा विपन्न वर्गका परिवारलाई सहयोग गर्न पाउंदा अत्यन्त आत्मिक रुपमा संतुष्टि मिलेको प्रतिक्रिया नर्स बुढाथोकीको रहेको छ। Photo By-Kabindra Man Shakya.
प्रकाशन मिति–२०७७ साल जेठ ५ गते सोमवार ।