Tamang Lhosar

काठमाडौ। आज माघ शुक्ल प्रतिपदाका दिन तामाङ्ग समुदायले सोनाम ल्होसार पर्व परेको छ। यस पर्वको अवसरमा तामाङ्ग समुदायमा शुभकामना आदान प्रदान तथा खुशीयाली मनाउने कार्यक्रम भएको छ। मञ्जुश्री पात्रो अनुसार आजदेखि बाँदर वर्ष पूरा गरी चरा वर्ष प्रवेश हुन्छ। हरेक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाउने गरिन्छ।

बाँदर, चरा, मुसा, बाघ, बिरालो, घोडा, सगुर, गोरु, खरायो, भेडा, सर्प र ड्रागन गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको हुन्छ। यस वर्ष बौद्ध स्तुपको चार ढोका खुल्ने अवसर परेकाले पनि सोनाम ल्होसार विशेष रुपमा मनाइंदैछ।

Tamang Lhosar1

स्तुप निर्माणको काम चरा वर्षका दिन शुरु भई १२ वर्षपछि चरा वर्षमै सकिएकाले बौद्धका चार ढोका खोलिने र दर्शनार्थीलाई चारै ढोकाबाट दर्शन गर्ने व्यवस्था मिलाइएको छ। यस अवसरमा नेपाल तामाङ घेदुङले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना पनि गरेको छ। सोनाम ल्होसार महोत्सवका नाममा तामाङ खाना, वेषभूषा, कला संस्कृतिलगायतको प्रदर्शन गरिनेछ।
प्रकाशन मिति–२०७३ साल माघ १५ गते शनिवार ।