काठमाडौं । विश्वभर छरिएर रहेका तामाङ समुदायलाई एक वनाउने बेग्लै सोच र फरक शैलीवाट यो बर्षवाट मिस तामाङ वर्ल्डको आयोजना हुने भएको छ। सन् २००६ देखि निरन्तर रुपमा आयोजना हुँदै आएको मिस तामाङ नेपालको आधिकारिक आयोजक संस्थाको समय सापेक्ष नविनतम सोँच अनुरुप मिस तामाङ वर्ल्डको आयोजना हुन लागेको हो।

तामाङ जातिको धर्म, कला संस्कृति, भाषा, भेषभुषा, बाजा, रितिरिवाजलाई संरक्षण तथा प्रवद्र्धन गर्ने र आफ्नो तथा अन्य जातिमा सामाजिकीकरण गर्ने उदेश्यले अब प्रत्येक वर्ष मिस तामाङ वर्ल्ड अन्तराष्ट्रिय स्तरमा आयोजना गरिने भएको जानकारी आयोजक मिस तामाङ वर्ल्ड फाउण्डेसन तथा साधना कला केन्द्रका संस्थापक अध्यक्ष एवम् निर्देशक मिलन मोक्तानले वताएका छन्। मिस तामाङ वर्ल्ड विजेतालाई विश्व भरिकै मिस तामाङ सुन्दरीहरुको प्रतिनिधित्व मानिने जिकिर पनि अध्यक्ष मोक्तानको छ।

विश्व विजेता मिस तामाङहरुलाई संरक्षण र प्रोत्साहनका लागि तामाङ समुदायकै लब्ध प्रतिष्ठित व्यक्तिहरुको संलग्नतामामिस तामाङ वर्ल्ड फाउण्डेसनको स्थापना भएको जानकारी पनि अध्यक्ष मोक्तानले भनेका छन्। प्रथम मिस तामाङ तथा मिस नेपाल जेनिशा मोक्तान देखि मिलन मोक्तानसम्मले एकसाथ तामाङ जातिको मौलिक बाजा तुङ्ना बजाएर मिस तामाङ वल्र्डको शुभारम्भ भएको उदघोष गरिएको छ।

आगामी जेष्ठ १२ गते बुद्ध जयन्तीका दिन भगवान बुद्धको जन्मभूमि लुम्बिनीमा मिस तामाङ वर्ल्डको फाइनल राउण्ड गर्ने गरी आवेदन आव्हान सोमवारवाटै भएको आयोजक समितिले जनाएको छ। आयोजकका अनुसार, मिस तामाङ वर्ल्डमा जुनसुकै देशबाट भएपनि तामाङ जातिको र अविवाहित हुनुपर्ने, कम्तिमा १६ देखी बढिमा २८ वर्षको हुनुपर्ने, कम्तिमा+२ उत्तीर्ण अथवा त्यससरहको पढाई सकेको हुनुपर्ने, कम्तिमा ५ फिट उचाई हुनुपर्ने र मानसिक सन्तुलन नगुमाएको हुनुपर्ने छ।

फर्म भर्ने अन्तिम मिति २०७८ बैशाख १५ गतेसम्मलाई तोकिएको छ। जाति, भाषा, धर्म, कला, संस्कृति, रितिरिवाज र परम्पराहरु आ—आफ्ना पहिचानका गौरवमय चिन्हहरु हुन झगडाका विषयहुँदै होईनन् भन्ने यस प्रतियोगिताको मूल मर्म तथा भावना रहेको दावी पनि आयोजकको रहेको छ।

यस प्रतियोगीताको सबैभन्दा महत्वपूर्ण विशेषतामा पाठ्यपुस्तकमा पढ्न र सिक्न नपाईने तर जीवनमा अतिआवश्यक पर्ने जीवनोपयोगी महत्वपूर्ण कुराहरुको प्रशिक्षण प्रदान गरिने आयोजकले भनेको छ।

Organized By
Miss Tamang World Foundation
Putalisadak Kathmandu Nepal

Event By
Sadhana Kala Kendra
Nepal’s No. 1 Music and Dance School
Email: sadhananepal25@gmail.com
Form Available And Contact :
Kathmandu Valley
Sadhana Kala Kendra, Kamaladi mode Putalisadak
01440228, 014440168, 9851023576, 9810321651

Purwanchal
Kewal Tamang (Pramesh Entertainment) – 9852664455,
9844671643
Itahari – Manita Tamang – 9818879987,9842035673
Ilam – Ishwari Tamang – 9862600050
Birtamod – Pukar Karki – 9817930576
Panchthar -Niroj Thakur – 9826915932
Makawanpur – Dinesh Tamang – 9865024242
Hetauda – Maya Ghalan – 9861188299
Pokhara
Jack Tamang – 9856020469
(Baidham Tamang SewaSamaj)
Jayanti Moktan – 9825186867
Nima Tamang – 9814133865
Deepti Gomja – 9825169785
KabitaYonjan – 9810217179
Kusum Tamang – 9821898339
Sashi Tamang – 9817172662
Darjeeling – Chandramani Pradhan 00918900401223
Mirik – Laxmi Moktan 7872781187
– Rajeev Tamang 9800707039

Kalimpong – Subarna Pradhan 8670979562
Gangtok, Sikkim – Barun Mandal +919434203667
Hongkong – Raj Tamang 64284188
Australia – Deepak Lama Ghising 04307794
Sadhana Moktan 0433984113
New York USA – Chhemang Lama 3476864957

प्रकाशन मिति–२०७८ साल बैशाख ६ गते सोमवार ।