नुवाकोट। तारकेश्वर कलाकार समाज, नुवाकोटले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ। नयाँ वर्ष २०७६को अवसरमा शुभकामना आदान–प्रदान तथा विशेष साँस्कृतिक कार्यक्रम सहितको सपथग्रहण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो।

उक्त विशेष कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद बहादुरसिंह तामाङले कलाकारहरु भनेको राष्ट्रको गहना भएकोले यसको उत्थान र संरक्षणमा आफु लागि पर्ने बताए । तामाङले तारकेश्वर कलाकार समाजलाई समय र परिस्थिति अनुकुल सहयोग गर्दै जाने पनि बताए ।

कार्यक्रममा गन्तव्य नेपाल ग्रुप तथा राष्ट्रिय पर्यटन पत्रकार संघका केन्द्रीय अध्यक्ष शिव अधिकारी (अविरल)ले तारकेश्वर कलाकार समाजले छोटो समयमै साँगीतिक क्षेत्रमा ठूलो फड्को मारेको बताउँदै यसको संरक्षणको लागि आफु हरतवरले सहयोग गर्दै जाने भनेका छन्। कार्यक्रम समाजका अध्यक्ष दुर्गा तामाङको सभापतित्वमा सम्पन्न भएको थियो।
प्रकाशन मिति–२०७६ साल बैशाख ९ गते सोमवार ।