काठमाडौ। नेपाल हेभी इक्विप्मेन्ट व्यवसायी महासंघको पाँचौ बार्षिक साधारण सभामा महासंघका संस्थापक अध्यक्ष तारावहादुर कुँवरलाई विशेष सम्मान प्रदान गरिएको छ। महासंघ स्थापना गर्न गरेको अतुलनीय योगदानको कदर स्वरुप संस्थापक अध्यक्ष कुँवरलाई विशेष सम्मान प्रदान गरिएको हो।

कार्यक्रममा विशेष अतिथिका रुपमा रहेका राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख आविष्कारक महाबीर पुनले संस्थापक अध्यक्ष कुँवरलाई विशेष सम्मान प्रदान गरेका थिए। त्यस्तै, कालु कुमाले, राधेश्याम मुल्मी, अजय देसार लगायतका कलाकार तथा महासंघका जिल्ला र केन्द्रका पदाधिकारीहरुलाई पनि उनीहरुको योगदानको कदर स्वरुप सम्मान प्रदान गरिएको थियो।

त्यस्तै, कार्यक्रममा महासंघले राष्ट्रिय आविष्कार केन्द्रलाई नगद १ लाख सहयोग प्रदान गर्ने कार्य भएको थियो। कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महाबीर पुनले नेपालमा नै हेभी इक्विप्मेन्ट उत्पादन गर्ने र गराउने विषयमा केन्द्रले गहकिलो रुपमा सोच बनाइरहेको र निकट भविष्यमा नेपालले पनि उत्पादन गरेरै देखाउने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।

महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठको सभापतित्वमा संपन्न कार्यक्रममा अध्यक्ष श्रेष्ठले हेभी इक्विप्मेन्ट व्यवसायीहरुको कोभिड यता भएको पिर–मर्का तथा समस्याका वारेमा वोल्दै व्यवसायीहरुको मर्कालाई महासंघले सक्दो संवोधन गरेर समाधान गर्ने कोशिश गर्दैआएको बताएका थिए। कार्यक्रमको कुशल संचालन महासंघका महासचिव सुरेश खत्रीले गरेका थिए।

प्रकाशन मिति–२०७९ साल असोज १२ गते बुधवार ।