Tara Airकाठमाडौ। आज बुधवार विहान ७.३० बजे पोखरावाट मुस्ताङ्गको जोमसोमको लागि उडेको तारा एअरको ९ एनएएचएच ट्वीनअटर विमान दूर्घटनामा परेर सवार सवैजनाको मृत्यु भएको छ। चालक दलका तीन सदस्य सहित उक्त तारा एअरमा सवार २३ जनाको दुःखद निधन भएको प्रहरीले जनाएको छ।

Tara Air Accident 1

विमानको म्याग्दी जिल्लाको विकट दाना गाविस–२ मा दूर्घटना भएको थियो। भीरमा ठोकिएर दूर्घटना भएको विमान पूरै जलेको अवस्थामा पाइएको छ। शव यत्रतत्र छरिएर रहेको पनि घटनास्थलमा पुगेका प्रहरीहरुले भनेका छन्।

दूर्घटनास्थलमा हिमपात भएकोले पुग्न कठिनाई भएको बाबजुद पनि प्रहरी तथा स्थानियहरुले निक्कै सहयोग गरेको पाइएको छ। विहान बेपत्ता बनेको विमान दिउंसो मात्र म्याग्दीको दाना गाविसमा प्रहरी तथा स्थानियले फेला पारेका थिए।

प्रकाशन मिति–२०७२ साल फागुन १२ गते बुधवार ।

Tara Air Accident 2

यात्रुहरुको नाम:-

) रेवती बराल २) मुक्तिनाथ वास्तोला ३)विनिता भट्टचन ४)कृष्णलाल भट्टचन ५)दिलकुमारी गौचन ६)देविजंग गुरुङ ७)फन्जोक गुरुङ ८)लक्ष्मी हिराचन ९)मोति बहादुर केसी १०)पवित्रा केसी ११)लेप्राङ लामा १२)बालकृष्ण न्युरे १३)कान्छा परियार १४)डोल्मा छिरिङ शेर्पा १५)राजकुमार तामाङ १६)कमला थकाली १७)Maksiuying चिनियाँ नागरिक १८)Ralrashed Ahamed कुबेत

चालक दल
1.क्याप्टेन :रोशन मानन्धर
2.को-पाइलट: डिकेस नेम्कुल र
3.परिचारिका: रोमा राउत
विमानमा रहेका दुई बालकको नाम खुल्न सकेको छैन।

Tara Air Accident 4

Tara Air Accident 3