Tara-Air-plane-crash-5काठमाडौ। पोखरावाट मुस्ताङ्गको जोमसोमको लागि उडेको तारा एअरको विमान म्याग्दीको विकट पहाडी क्षेत्रमा बुधवार दूर्घटना परेर निधन भएकाहरुको शव काठमाडौ तथा पोखरा ल्याइएको छ। दूर्घटनामा परेको उक्त विमानमा सवार २३ जनाको शव नै उनीहरुका आफन्तहरुलाई बुझाइएको बताइएको छ।

मुस्ताङ्गका यात्रीहरुको शव जोमसोम नै बुझाइएको र बाँकीको काठमाडौ र पोखरामा बुझाइएको प्रहरीले भनेको छ। काठमाडौमा विमानका पाइलट रोशन मानन्धर, को–पाइलट डिकेस नेमकुल र एअरहोस्टेज रमा राउतको शवलाई बुझाइएको छ।

त्यसैगरेर एक यात्री डोल्मा छिरिङ्ग शेर्पाको शव पनि उनीहरुसंगै त्रिविवि शिक्षण अस्पतालमा ल्याएर बुझाउने कार्य भएको भनिएको छ। शवलाई काठमाडौको महाराजगंजस्थित त्रिविवि शिक्षण अस्पतालमा ल्याइदा आफन्तजनहरुको रुवाबासी भएको थियो।

Tara-Air-plane-crash-8

प्रकाशन मिति–२०७२ साल फागुन १३ गते विहीवार ।