काठमाडौं। तिते–करेला सर्वत्र पाउने तरकारी हो। यो तितो हुने तरकारी भएको कारण तिते–करेला भनेको हो। यो तिते–करेला जति तितो भएतापनि यो औषधि नै हो। तिते–करेला खानामा तरकारीको रुपमा भएतापनि नजानिदो किसिमले हामीले औषधिको रुपमा खाइरहेका छौ।

धेरैलाई तिते–करेलाको प्रयोगले प्रेसर देखि मधुमेह सुगर तथा क्यान्सरलाई समेत लाभ हुने गरेको तथ्य प्रकाशमा आएको छ। अझ तिते–करेलाको खानामा नियमित प्रयोगवाट पेटको क्यान्सर तथा मधुमेह सुगर पनि निको हुने खुलासा भएको हो।

अमेरिकाको कोलोराडो विश्वविधालयमा तिते–करेलाको प्रयोग पेटका क्यान्सर रोगीमा गरिएको थियो । पेट संबद्ध क्यान्सरका चार विभिन्न लाइनमा गरिएको अध्यन जुनमा प्यानक्रियाटिक क्यान्सर सेलका बारेमा अध्ययन गरिएको थियो । उक्त अनुसन्धान अनुसार तिते करैलाको प्रयोगबाट पेटको क्यान्सर र मधुमेहको सघन उपचार हुन सक्ने पत्तो लागेको हो।

अनुसन्धानकर्ता त्यतिबेला अचम्ममा परे जव तिते करेलाको जुसले क्यान्सर सेलको बृद्धीमा अवरोध पुरया्यो र त्यसलाई मारिदियो। र ट्युमर जसमा पानी भरिएको हुन्थ्यो त्यसको आकार ६० प्रतिशतले घट्यो । तर शरीरमा कुनै प्रकारको खरावी वा साइड इफेक्ट भने देखिएन।

तिते करेला र मधुमेह मधुमेहको उपचारमा तिते करेलाको सेवनका बारेमा धेरै अनुसन्धानहरु गरिएको छ । तर ती सबै अध्यनहरुको निचोड भने एउटै छैन । जरनल अफ इथनोफारमाकोलोजीमा २०११ मा प्रकाशित रिपोर्टमा तिते करेलाको सेवनले पेटको क्यान्सर र मधुमेह निको हुन्छ भनेको छ।  तिते करेलाको सेवनले इनसुलिनलाई नियमित गर्न सहयोग गर्छ । र इनसुलिन नियमित भएको खण्डमा पेट संबद्ध क्यान्सरमा आराम मिल्छ।

तिते करेला र मधुमेहको उपचारमा तिते करेलाको सेवनका बारेमा धेरै अनुसन्धानहरु गरिएको छ । तर ती सबै अध्यनहरुको निचोड भने एउटै छैन। जरनल अफ इथनोफारमाकोलोजीमा २०११ मा प्रकाशित एउटा अध्यनलाई हेर्ने हो भने , तिते करेलाको सेवनले मधुमेह २ का बिरामीको रगतमा भएको ग्लुकोजलाई अत्यधिक मात्रामा घटायोे । तर जरनल अफ क्लिनिकल इपिडीमीयोलोजी मा प्रकाशित २००७ को अध्यनलाई हेर्ने हो भने त्यसले मधुमेह २ मा कुनै फाइदा पुर्याएको देखिदैन ।

संसारको सबैभन्दा पुरानो र ठूलो क्यान्सर उपचार केन्द्र – मेमोरियल सलोन केट्रीङ क्यान्सर सेन्टरका अनुसार तिते करेलाले रगतमा भएको ग्लुकोज लेभललाई घटाउन सक्छ, तर यसले इन्सुलिन वा अन्य उपचारलाई कसरी इन्टरयाक्ट गर्छ थाहा छैन। त्यसैगरि तिते करेलाको सही मात्रा पनि पत्तो लगाइएको छैन, त्यसकारण तिते करेलालाई इनसुलिन वा हाइपोग्लाईसेमिक ड्रग्स थेरापीको सट्टामा लिन सकिन्न।

तिते करेलाको मात्रा धेरै भयो भने यसले पेटमा दर्द, पखाला जस्ता समस्या ल्याउन सक्छ । तसर्थ एक दिनमा दुई औन्स वा दुई वटा भन्दा बढी प्रयोग नगर्नुहोस् । गर्भवती महिलाले तिते करेलाको प्रयोग नगर्नुहोस्। किनकि यसले पेटको बच्चालाई हानी पुर्याउँछ र गर्भ समेत तुहिन सक्छ ।

तिते–करेलाको अर्को साइड इफेक्ट भन्नु नै लो–प्रेसरका लागि प्रेसर अझ लो पार्न सक्छ। लो–प्रेसरका लागि भने घातक जस्तो हुन्छ। तिते करेलावाट पेटको क्यान्सर तथा सुगरलाई निको पार्न चाहनु हुन्छ भने, आफ्नो चिकित्सकसंग सल्लाह गरेर तिते करेला खानामा प्रयोग गर्न सक्नु हुन्छ।
(समाचार एजेन्सीको सहयोगमा )
प्रकाशन मिति–२०७५ साल असोज ३१ गते बुधवार ।