goru-poojaकाठमाडौ। तिहारको चौथो दिन आज गोवद्र्धन पूजा परेको छ। महाभारतको कथा अनुसार भगवान श्रीकृष्णले गोवद्र्धन पर्वत उचालेर सवैको रक्षा गरेको संझना गोवद्र्धन पर्वत र खेतवारीमा बर्षभरि जोत्ने कार्यमा अत्यन्त सहयोग गर्दैआएका गोरुको पूजाआजा गर्ने प्रचलन रहेको छ।

???????????????????????????
Nepal Sambat 1137 Happy New Year. Nhudaya Bhintuna.

आजैका दिनवाट नेपालमा नेपालको मौलिक राष्ट्रिय संवत नेपाल संवत अनुसारको नयाँ बर्ष प्रारम्भ भएको छ। नेपाल संवत नयां बर्ष ११३७ को प्रारम्भको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम विहानै देखि भएको छ। विशेषत काठमाडौ उपत्यकामा गौरवमय महान उत्सवका रुपमा मनाइने गरेको नेपाल संवत नयाँ बर्षको अवसरमा विहानैवाट न्हूँद र्याली लगायतका कार्यक्रम हुने गर्दछ।

nhudaya-bhintuan-12काठमाडौको बसन्तपुरवाट नयाँ बर्षको उत्सवको अवसरमा झाँकी सहितको र्रयाली प्रदर्शन भएको छ। शंखधर सक्खाले नेपाली जनताको ऋणमोचन गरिदिएको दिनको रुपमा आजको दिनलाई नयाँ बर्षको रुपमा उत्सवका साथ मनाइने गरेको छ। नेपाल संवतलाई केवल नेवारहरुको मात्र संवत भनिने गरेकोमा यो सवै नेपालीहरुको मौलिक संवत भएको यस संवतका प्रवद्र्धकहरुको भनाई रहेको छ।

nhudaya-bhintuan-3जन्म तथा मृत्यु संस्कार लगायतका सवै कार्य नेपाल संवत अनुसारको पात्रो तथा तिथिमितिवाट सवै नेपालीले गरिदै आएका छन्। यद्यपि, यसलाई नेवारको मात्र संवत भनिनु र यस संवतलाई नयाँ बर्षको रुपमा मनाउन नेवारहरुलाई मात्र अग्रसर बनाइनु राम्रो कुरा होइन भनिएको छ। यो संवतलाई उत्सवको रुपमा सवै नेपाली लागेर मनाउनु पर्ने युवा संस्कृतिविद पदम श्रेष्ठ लगायतले भनेका छन्।

nhudaya-bhintuan-2प्रकाशन मिति–२०७३ साल कात्तिक १५ गते सोमवार । नेपाल संवत ११३७ नयाँ बर्ष न्हूँदया भिन्तुना !