काठमाडौं। नेपालीहरुको दोश्रो महान पर्व तिहार आज लक्ष्मीपूजाका दिन साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको घर–घरमा पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गर्ने कार्य भएको छ।

कार्तिक कृष्ण औँसीको लक्ष्मी पूजाको रातलाई सुखरात्रि पनि भनिन्छ। पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ।

लक्ष्मीपूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ।

प्रकाशन मिति–२०७८ साल कात्तिक १८ गते विहीवार ।