–सुषमा महरा
काठमाडौं। सबै महिलाले तीजमा विशेष मेकअप गर्न खोज्छन्। महिलाको विशेष चाड भएकाले आफूलाई सुन्दर बनाउन जोकोहीको प्रयास गर्छ नै । यो चाडमा धेरैले सोह्र श्रृंगार गर्नुपर्छ भन्ने मान्यता पनि राख्छन् । यसैले मेकअप गर्दा एकदम ध्यान पुर्याएर गर्नुपर्छ । यो चाड गर्मी मौसममा पर्ने भएकाले सबै मेकअपका सामाग्रीहरु वाटर फ्रुफ प्रयोग गर्नुपर्छ।

मेकअप गर्दा हामीले शुरुमा प्राईमर अनिवार्य लगाउनु पर्छ। प्राईमर लगाइसकेपछि आफ्नो स्कीन कलर अनुसारको प्यानास्टीक क्रिमको प्रयोग गर्नु पर्दछ। जसले हामीलाई स्कीनमा भएको दाग धब्वाहरु लुकाउन पनि मदत गर्दछ। साथै यसले स्कीनमा राम्रो बेस समेत दिन्छ। यसमाथि हामीले स्कीनलाई ब्राईट देखाउने हो भने स्कीन कलर भन्दा एक दुई सेट लाईट कलरको फाउन्डेसन लगाउनु पर्दछ।

 

यसरी स्कीन बेस र फाउन्डेसन वा बिबि क्रिम लगाउँदा अलि टाईम लागाएर नै ब्रस वा मेकअप पफको सहायताले राम्ररी ब्लेन्ड गर्नु पर्दछ। त्यसपछि कम्प्याक पाउडर लगाउने, कम्प्याक पाउडर लगाई सकेपछि आईब्रो सेफ दिने, आखाँको मेकअप गर्ने आईल्यासेज राख्ने नोज तथा चिम कटिङ गर्ने, लिपीस्टीक लगाउने, यदि विबाहिता महिला हो भने सिन्दुर टिका लगाउने त्यसपछि अहिले फेसनमा चलिरहेको हाईलाईटर लगाएर आफनो नाक गाला आइब्रोको साईटमा साइनीङ दिन सकिन्छ ।

अहिले पहीलाको जस्तो रोज लगाउने चलन धेरै हटिसकेको छ। यसरी मेकअप गरिसकेपछि अनुहारको वरिपरि कान,घाटी लगायतका भागमा हल्का मेकअप टचअप गर्नु पर्दछ। यसो गर्नाले मेअपको सेट मिल्न जान्छ। र मेकअप सकिएपछि मेकअप फिक्सर स्प्रे हल्का गर्नु पर्दछ। यसरी गरिएको मेकअपले हामी तीजमा दिनभरि नाचे पनि मेकअप टिकिरहन्छ।

कस्तो कपाल बनाउने ?
तीजमा मेअपको साथ साथै हेयरको डिजाइनलाइ पनि ध्यान दिनु पर्दछ। यदि फुल मेकअप गरेकाछौं र मेकअपलाई लामो समय टिकाउनुछ भने कपाललाई खुल्ला छोडेर बनाएको डिजाइनले केहि समय राम्रो देखिएता पनि नाच गानका साथै गर्मी मौसम भएको कारणले छोडेको कपालमा धेरै पसिना आएर मेकअप लाई समेत असर गर्दछ।

त्यसैले यस कुरालाई ध्यानमा राखेर कपालको डिजाइन दिदा धागोले वाटेर डिजाइन दिने, छोटो कपाल छ भने त्यसलाइ पनि त्यसै अनुरुप काटाको सहायताले घाटी खुल्ला हुने गरेर जुरो बनाउने यसरी बाटेका कपाल र जुरो बनाएको कपालमा डेकुरेसन फल्लाओर वा चन्द्र बिन्दु लगाउदाँ राम्रो देखिने र लामो समय सम्म नाच गान गर्दा समेत कपालले हामिलाई केहि असर गर्दैन।

(फेसियल हाउसकी प्रबन्ध निर्देशक सुषमा महरा महिला उद्यमी तथा बरिष्ठ ब्युटिशियन हुन्।)
प्रकाशन मिति–२०७६ साल साउन ७ गते मंगलवार ।