Teej 3–श्याम स्मृत
काठमाडौ। हरेक बर्ष आउने हिन्दू महिलाहरुको महान चाड तीजमा नारीबादको कुरा चल्ने गरेको छ। बर्षभरि दिदीबहिनीले पाएको पीडा गीतको भाकाबाटै ओकल्ने गरेको पनि पाइन्छ। यथार्थमा दिदीबहिनीले बर्षभरि पाएका दुःख तथा पीडालाई निराकरण गर्ने कार्य प्रत्येक बर्षको तीजले कतिको गरेको छ या छैन् ? यस कुराको मूल्याँकन गर्न आवश्यक भैसकेको छ।Teez 4 पीडित दिदीबहिनीको नाममा यतिखेर कतिपय स्थानमा आधा रातसम्म तीजको दर भन्दै महंगा दारुका बोतल फोरेर रमाइलो गर्ने आधुनिक दिदीबहिनी पनि नदेखिएका होइन ! त्यसको अलावा तीज भन्दै महंगा टिकट भिडाएर तारे होटलका कार्यक्रममा रमझम गर्नेहरुको बेग्लै शान पनि देखिने गरेका छन्। संस्कृति तथा परम्पराको नाममा विकृतिको खेती गर्नेहरुले नारीवादको नाममा बर्बाद बनाउने कार्य भैरहेको छ। तीजलाई मोडिफाइडको नाममा जथाभावी विकृति फैलाउनेहरुलाई नेपाल सरकारको प्रशासनले रोक लगाउन खासै सकिरहेको अवस्था पाइएको छैन्।

Teez 3

परम्परा तथा संस्कृतिको नाममा पुरातनपन तथा अन्धविश्वास अवश्य छन्। तीजको बेलामा पतिको नाममा पानी पनि नखाइकन निराहार कठोर ब्रत बस्नु पर्ने र जड्याँहा श्रीमान भएपनि उनकै गन्हाउने खुट्टा ढोएर पानी खाएपछि मात्र ब्रतको अन्त गरिने पुरातन परम्परामा अवश्य पनि मोडीफाइड गर्नु आवश्यक छ। त्यसो भन्दैमा तीज आउने कहिले कहिले महिनौ दिन देखि तीजको नाममा दर खाने भन्दै चुरोटको धुँवा र रक्सीको मातमा मातिदै तीज मनाउने परम्परालाई अवश्य पनि राम्रो मान्न सकिदैन। तीजले त आम नेपाली महिला दिदीबहिनीहरुको पीडालाई मल्हम लगाउने माध्यम बनिनु आवश्यक छ। उनीहरुको दुःखको सहयोगी बन्ने पर्वको रुपमा विकास गरिनु पर्दछ।

Teez 1आजको एक्काइसौ शताब्दीमा आएर पनि भनेजस्तो बर पाउनको लागि तीजको ब्रत बस्नुपर्दछ। पतिको आयु तथा आरोग्यताको लागि तीजको ब्रत लिइनु पर्दछ भन्ने कुरामा कुनै सत्यता छैन्। सत्यता नभएतापनि परम्पराको नाममा नेपाली नारीलाई पुरुषबादकै दबदबामा पिल्साइएको छ। पतिको आयु र आरोग्यताको लागि ब्रत लिन लगाउने परम्परा र समाजले पत्नीको आयु र आरोग्यताको लागि किन पुरुषलाई ब्रत बस्न भन्दैनन त ? यो गहन प्रश्न तीजको ब्रत लिने र लिन लगाउने सामाजिक परम्पराबादीहरु माझ तेर्सिएको छ।

Teez 2

श्रीमानको लागि तीजमा ब्रत लिने भनेजस्तै श्रीमतीको लागि ब्रत लिने कार्य तीजमा नै हुनुपर्दछ । अनि मात्र यो समानुपातिक पर्व हुन सक्छ । अन्यथा नारीलाई परम्पराको नाममा शोषण गरिएको पर्व भनेर आँकन गर्न करैलाग्छ। समाजवादी परम्पराको नाममा अलोकतान्त्रिक परम्पराले अतिवाद प्रत्येक बर्षजस्तो निम्त्याइरहेको पाइन्छ । त्यसैको परिणाम स्वरुप तीजको नाममा महंगा गहना तथा फेसनको भडकिलो फेसनमा महिनौ दिन अगाडि नै दरखाने नयाँ परम्पराको विकास भएको मानिएको छ।

Teej 2

नारीलाई नारीले नै अवहेलना गर्ने र पेल्ने कार्य यस्ता भडकिला फेसनबाट केही बर्षयता हुंदैआएको छ। यसतर्फ नारीबाद महिलाहरु आफैले पनि बदावा दिने कार्य भैरहेको छ। जुन दुःखदायी नै मान्नुपर्दछ। यस्तो नभइकन बास्तविक रुपमा परम्परा तथा रीतलाई मान्ने हो भने, तीजको अघिल्लो दिनमात्र दिदीबहिनी जम्मा भएर मिठोमसिनो दरखाने गरिनु पर्दछ। महंगा तारे होटलमा नाचगान गरेर तीजको दरखाने नयाँ फेसनले दिनानुदिन विकृति मात्र फैलिने गर्दछ।

Teez 3कहिले मुखमा रक्सी तथा वियर र वाइनको थोपा नहाल्ने दिदीबहिनीहरुको मुखमा व्हास्स गन्ध आउने गरी तीजको दरखाने नयाँ परम्पराले नेपाली नारीबादलाई देखासिकीको नाममा बर्बाद पार्ने गरेको कुरा नारीबादी स्वयम्हरुले सोच्ने बेला भैसकेको छ। सही तथा सरल अनि सहज ढंगले दुःखसुख बाँड्ेर तीज मनाउनु आवश्यक छ। तीजलाई बर्षभरि मिलन हुन नसकेका दिदीबहिनी र माइतिसँगको भेटलाई सहज रुपमा भेट गराउने परम्पराको रुपमा लिइनु पर्दछ। आपसी भाइचारा र सदभावको प्रतिकको रुपमा तीजलाई विकसित गरेर रमाएर मनाउने र मनाउने बाताबरण तयार गर्नु र गराउन आवश्यक छ।
प्रकाशन मिति–२०७३ साल भदौ १९ गते आइतवार ।