काठमाडौं। चालिसको दशकको नेपाली चलचित्र कान्छीवाट नेपाली चलचित्र उद्योगमा कान्छी नायिकाको उपनामवाट व्यापक चर्चामा आएकी जेठी नायिका शर्मिला मल्ल पनि यो बर्ष गजबले तीज गीतमा जमेकी छन्।

त्यो पनि नेपाली चलचित्रको गीतवाटै चर्चाको शिखरमा पुगेकी जेठी गायिका देविका बन्दनाको तेजस्वी स्वरमा सजिएको गीतमा नायिका मल्लले अभिनय गरेकी हुन। छमछम बजाउंदै चुरा बोलको कान्छी नायिका मल्लव्दारा अभिनित तीज गीतको भिडियो पनि रिलिज भएको छ।

नायिका मल्लका साथमा मोडल सुजना बर्देवा, सोनी कारंन्जित र इन्ता श्रेष्ठ लगायत फिचर्ड छन्। नायिका शर्मिला मल्लको यो पहिलो तिज गीतको भिडियो हो। संचारकर्मी तथा निर्देशक सूर्य चन्दले निर्देशन गरेको म्युजिक भिडियोमा गीतकार शोभा केसीको शब्द, संगीतकार सम्राट थापाको संगीत र एरेन्ज छ भने शिव विकले कोरियोग्राफी गरेका छन्। भिडियोमा अजय रेग्मीको छायांकन तथा पदम सुवेदीको सम्पादन रहेको छ।

प्रकाशन मिति–२०७७ साल साउन २७ गते मंगलवार ।