काठमाडौं। तीज गीतको भाका पनि गजब गजबका बनेका छन्। यतिखेर तिनै गजबका भाकाको भीडमा बेइमानी लाहुरे बोलको तीज गीतको भिडियो पनि सार्वजनिक भएको छ।

बेइमानी लाहुरेलाई तीजकी चेलीलाई कस्तो बेइमानी गरेको छ भन्ने कुरा तथा प्रसंग यिनै तीज गीतको भाकावाट प्रष्ट्याउने कोशिश गरिएको छ। चिजा तामाङ्गको गीतमा लाहुरेको पर्खाईमा रहेकी प्रेमिकाको भावनाहरुलाई यस तीज गीतमा समेटिएको छ।

कृति केसी, सुमित्रा गुरुङ्ग (बिनिता) र सन्तोष थापा मगर गीतको भिडियोमा देखिएका छन् । रेमेश बाबु थापाको शब्द रहेको गीतलाई विश्वास नेपालले एरेन्ज गरेका हुन् ।

गीतको भिडियो दिप गुरुङ्गको निर्देशन आशुतोष एडीको कोरियोग्राफी र शम्भु चालिसेको छाँयाकनमा यस तीज गीतको भिडियो तयार भएको हो।
प्रकाशन मिति–२०७६ साल साउन ८ गते बुधवार ।

https://youtu.be/TwdfyqwtaSo