–अलिसा अधिकारी
काठमाडौं। हरितालिका तिज हिन्दुनारीहरुको महान चाड हो। हिन्दुधर्ममा हरितालिका तीजको पौराणिक महत्व छ। यसदिन नारीहरुले आफ्ना श्रीमानको दिर्घायुको कामना गर्दै निर्जल ब्रत बस्ने चलन रही आएको छ।

देवादी–देव महादेवलाइ खुशी बनाउन आदिशक्ति माता पार्वतीले निर्जल ब्रत बसी महादेवलाइ प्रसन्न बनाउनु भएको र महादेव प्रशन्न भै तेही दिनबाट हामीले महादेव र माता पार्वतीलाइ अर्धांगिनीको रुपमा पुज्दैआएको कथा धर्मग्रन्थमा रहेको छ।

यसदिन नारीहरु सोह्र–सिंगारमा सजि निर्जल ब्रत बस्ने चलन रहेको छ। यसदिन महादेवको पूजा गर्ने चलन रहेको छ। छोरीचेलीलाई माइती बोलाइ उनीहरुलाइ विभिन्न परिकार खुवाएर रमाइलो नाजगानमा माइतिको पुराना यादहरु ताजगी गराउदै उपहार सहित सम्मान अनि खुशी बनाउने चलन रहेको छ।

कहिले माइति जान नपाउने धेरै दुःख पिडाहरु खपी राख्नु भएका महिला दिदिबहिनीहरु यसदिनमा माइतीबाट कोही लिन आउछ भनि दलनमा बसेर कुर्ने तिजको दिनलाई निकै महत्वका साथ हेरिन्छ। हरेक हिन्दुनारीले जति दुःख पिडा भएनी यो दिनलाई आफ्नु खुशी उत्सबको रुपमा लिने गरेको पाइन्छ। यो चाडलाइ नारिहरुको महान चाड भन्ने गरिन्छ।

ब्रत बस्ने पूजा गर्ने आफ्नो माइतीघरमा गइ सुख दुख साट्ने परिकारहरु खाने नाजगान रमाइलो गर्ने यो चाड पनि उत्तरआधुनिकताबाट अछुतो रहन नसकी बिबाद अनि भड्किलो प्रदर्शन ,गहना प्रदर्शनीकोरुप अनावास्यक धनरासीको प्रतिपर्धाको भनि आरोप पनि आउने गरेको छ। यो पुरुष प्रधान समाज त हो नै महिलाले गरेको सानो सानो गल्तिलाइ पाहाड बनाइ महिला माथि हिसाहरु भैरहेका छन।

ती कुरामा नजरअन्दाज गर्ने समाज महिलाको तीजको खर्चलाइ निकै महत्वका साथ हेर्छ। तथापि हामी महिलाहरुले अरु महिला पाएको दुःख अनि हिसामा कति संबेदनशील छौ। हामी आफ्नो यत्रो ठूलो महत्व बोकेको चाडलाई कता कसरी र किन यस्तो बिबादास्पद बनाउदै गैरहेका छौ। हामी पनि सोच्ने कि ?

तीजमा सामान्य छाक पनि नजुरने महिलाहरुले हाम्रो खर्चिलो र भड्किलो चाड मनाइले यो एउटा बिशेष महत्व बोकेको चाड माथि उनीहरु विश्वास र आस्था गुम्ने भने जस्तो खानपिन र गहना नहुदा लुकेर बस्ने गरेको पाइएको छ। ती महिलाहरु पनि सहजै हाम्रो रमाइलोमा सहभागी हुनेगरी भब्य चाड मनाउदा हामि विवाद रहित बन्न सक्छौ। यसको जगेर्ना पनि हाम्रै दायित्व हो। हाम्रो भड्किलो र असमान तिज मनाइले कतै यस्तो महान चाडको अवमुल्यन त भाको छैन ?
हाल कोरोनाभाइरस (कोभिड १९) का कारण बिस्वमा महामारी फैलिएको छ।

हामी पनि यसवाट अछुतो छैनौ। सारा बिश्व दुःखमा छ। अहिलेको संबेदनशिलतालाइ बुझेरै होला निकै कम तीजका रौनकहरु देखिन्छ। शायद यो हाम्रो उत्तरदायित्व पनि हो। हामी नारिहरुमा उत्तरदायित्व बहन गर्न सक्ने ठूलो शक्ति छ। त्यसैले होला –तीज त फेरी फेरि मनाउला यसपाली घरमै बसी रमाउला ! अहिलेको अवस्था पनि यहि नै छ।
Model-Alisha Adhikari.  Pic:-Mahesh Pradhan
sourse:- RnR Groups LLC, US

प्रकाशन मिति–२०७७ साल भाद्र २ गते मंगलवार ।