Teez 1काठमाडौ। नेपाली काँग्रेसको महिला शाखा भक्तपुरले तीज विशेष कार्यक्रमका लागि संकलन भएको रकम बाढीपीडितलाई सहयोग गरेको छ।

शाखाले तीज विशेष कार्यक्रम स्थगित गरी सो कार्यक्रमका लागि संकलित रु ६१ हजार १५१ बाढी पहिरोपीडितलाई सहयोग गरेको हो।

शाखाका संयोजक उर्मिला वनले नेपाली काँग्रेस केन्द्रीय राहत कोषमार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न आइतवार पार्टी जिल्ला सभापति दुर्लभ थापालाई सो रकम हस्तान्तरण गरेको हो।

प्रकाशन मिति–२०७४ साल भाद्र ४ गते आइतवार।