Prime Minister Office of Nepalकाठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीपरिषद विस्तार गरेका छन्। गठवन्धनका सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाको सहमतिमा प्रधानमन्त्री दाहालले राप्रपाका दीपक वोहरा र विक्रम पाण्डे तथा नेकपा संयुक्तका जयदेव जोशीलाई मन्त्रीमा नियुक्त गरेका छन्। राप्रपाका बोहरा र पाण्डे पंचायतकालका पूर्व पंच हुन्।

यी तीनैजना नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमवार नै पद तथा गोपनियताको शपथ ग्रहण गराएकी थिइन्। नवनियुक्त तीनैजना मन्त्रीहरुको मन्त्रालय निश्चित गरिएको छैन्। हाललाई विनाविभागिय मन्त्रीमा नियुक्त गरिएको जनाएको छ।
प्रकाशन मिति–२०७३ साल साउन २४ गते सोमवार ।