काठमाडौ। तीनदिने अन्तरराष्ट्रिय प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो संपन्न भएको छ। काठमाडौको भृकुटीमण्डपमा आयोजित भव्य एक्स्पोमा हजारौले अवलोकन गरेको आयोजक काठमाडौ फोटोग्राफर संघले जनाएको छ।

एक्स्पोमा विशेषत प्रिन्टिङ र फोटोग्राफी संवन्धी विशेष स्टल रहेको थियो। करिब ७० जति स्टल रहेको एक्स्पोमा विशेषत नेपालका ख्यातिप्राप्त फोटोग्राफर च्याङ्बा लामाको नंबर एक फ्रेमिङ कंपनी सीबी माउण्ट एण्ड फ्रेमिङ सेन्टरको स्टल विशेष आकर्षण रहेको देखियो।

नेपालका चर्चित सेलिब्रेटीहरुले च्याङ्बा लामाको उक्त स्टलमा अवलोकन भ्रमण गरेको पाइयो। चित्ताकर्षक अन्तरराष्ट्रियस्तरका फ्रेम तथा ती फ्रेममा सजिएका लोभलाग्दा तस्बीरका कारण सीवी माउण्ड एण्ड फ्रेमिङ सेन्टर चर्चाको विषय नै बन्यो। त्यसमाथि च्याङ्बा लामाको सम्मान गर्ने नयाँपनले पनि अझ विशेष रहेको पाइयो।

नेपालका चर्चित फोटोपत्रकार विकास रौनियार, हिमाल फोटोग्राफर जगदिश तिवारी, भिजन संसारका समाचार सम्पादक श्याम स्मृत, छक्का–पञ्जाका ख्यातिप्राप्त अभिनेता दीपकराज गिरी, लोकदोहरी गायिका सुनिता दुलाल, गायिका पूजा सुनुवार, गायिका तथा संचारकर्मी शोभा त्रिपाठी लगायतलाई गरिएको विशेष सम्मान समाचार नै बन्यो।अर्कोतर्फ एक्स्पो समुदघाटनको दिन नेपालका उपप्रधानमन्त्री नन्दवहादुर पुन, रक्षा मन्त्री भीमसेनदास प्रधान च्याङ्बा लामाको फ्रेमिङ स्टलमा पुग्दा चकित बनेर च्याङ्बाको व्यापक तारिफ गरेको समाचारले पनि च्याङ्बाको कामको मूल्यांकन भएको हो। नेपालमा तस्बीरका फ्रेम यतिधेरै मनमोहक अनि चित्ताकर्षक बन्ने गरेको छ भन्ने प्रमाण दिने कार्य च्याङ्बा लामाको सीवी माउण्ट एण्ड फ्रेमिङ सेन्टरले गरेको छ। यसलेगर्दा पनि एक्स्पो अवधिभर च्याङ्बा लामाकै बढी चर्चा भएको हो।

प्रकाशन मिति–२०७४ साल माघ २१ गते आइतवार ।