काठमाडौ। बीपी कोइरालाको अमर कृति तीन–घुम्ती उपन्यासमा आधारित चलचित्र तीन–घुम्तीका अभिनेता ध्रुव दत्तले नेपालको भूकम्पले क्षतिग्रस्त एक विद्यालय भवन निर्माणार्थ नगद एक लाख सहयोग गरेका छन्।

Dhurba Duttaहाल बेलायतमा नै रहेका अभिनेता ध्रुव दत्त नेपाल आएर उक्त नगद एक लाख आफ्नै हातले हस्तान्तरण गर्न नसकेपनि ध्रुव दत्तको तर्फवाट चलचित्र तीन–घुम्तीका निर्देशक बाबुराम ढकालले गरेका छन्।

Teen Ghumti Help progm 3

सोमवार विहान काठमाडौको अनामनगरस्थित युनियन हाउसमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा निर्देशक ढकालले भूकम्प पीडित सहयोग अभियानकर्ताकी संयोजक सरु सुनारलाई उक्त नगद रकम प्रदान गरेका छन्। भूकम्पले क्षतिग्रस्त नेपालको नुवाकोट जिल्लाको बुधसिङ्ग गाविस वडा नंवर ३ स्थित अन्नपूर्ण प्राथमिक विद्यालय भवन बनाउन नायक ध्रुव दत्तको तर्फवाट निर्देशक दाहालले संयोजक सुनारलाई हस्तान्तरण गरिएको हो।

Teen Ghumti Help progm 2

दलित तथा जनजातिको बाँक्लो बसोबास रहेको बुधसिङ्ग गाविसको उक्त विद्यालयलाई थोरै भएपनि सहयोग गर्न पाएकोमा आफूलाई अत्यन्त खुशी लागेको अभिनेता ध्रुव दत्तले लण्डनवाट भिजन संसारसंगको कुराकानीमा भनेका छन्। अभिनेता ध्रुव दत्तको पहलमा बेलायतका विभिन्न १५ स्थानमा सफलतापूर्वक चलचित्र तीन–घुम्तीको च्यारिटी प्रदर्शनवाट उठेको रकम मध्येवाट उक्त रकम हस्तान्तरण गरिएको हो।

हस्तान्तरण कार्यक्रममा नेपालमा भन्दा बेलायतमा चलचित्र तीन–घुम्तीको रिलिज निक्कै सफल भएको बताउंदै निर्देशक ढकालले केही दिनमा यस चलचित्रको प्रदर्शन अमेरिकाको विभिन्न शहरमा हुने भनेका छन्। त्यसका लागि सोमवार नै निर्देशक ढकाल अमेरिका प्रस्थान गरेका छन्।

Teen Ghumti Help progm 1

अमेरिका प्रस्थान गर्नुअघि भिजन संसारसंगको कुराकानीमा ढकालले नेपाली कांग्रेसका गौरबशाली जननेता बीपी कोइरालाको अमरकृतिमा आधारित चलचित्र तीन–घुम्ती प्रदर्शनमा नेपाली कांग्रेसले प्रदर्शनमा कुनै प्रकारको सहयोग नगरेको खुलासा गरेका छन्। प्रभावशाली कृतिमा आधारित राम्रो चलचित्र निर्माण गरेपनि प्रदर्शनको समय तथा बाताबरण नमिल्दा प्रदर्शनको चार दिनमा नै हलवाट चलचित्र उत्रिनुलाई आफूहरुको दूर्भाग्य भएको निर्देशक ढकालले भनेका छन्।

Dhurba Dutta in Teen Ghumti

नेपालमा चलचित्र तीन–घुम्तीले प्रदर्शनमा खासै सफलता हासिल गर्न नसकेतापनि बेलायतमा सफलता पाएको रकमवाट नेपालमा भूकम्पले ग्रस्त विद्यालयलाई सहयोग गर्न पाउंदा गर्वताको महशुश भएको निर्देशक ढकालले भनेका छन्। चलचित्र तीन–घुम्तीमा ध्रुव दत्त, गरिमा पन्त र सुशान्त कार्कीको विशेष भूमिका रहेको छ।
प्रकाशन मिति–२०७३ साल साउन ३ गते सोमवार ।