national-identity-card-1

काठमाडौ। नेपाल सरकारले नेपालीहरुलाई राष्ट्रिय परिचय पत्र दिने भएको छ। अर्को बर्ष २०७४ सालको भदौ महिनावाट राष्ट्रिय परिचय पत्र दिने व्यवस्था गरिन लागेको नेपाल परिचय पत्र व्यवस्थापन केन्द्रका आधिकारिक कर्मचारी कार्यकारी निर्देशक दिनेश भट्टराईले कारोवार दैनिकलाई बताएका छन्।

जुन सवै नेपालीलाई निःशुल्क वितरण गरिने तयारी भैरहेको पनि उनले भनेका छन्। तीन पुस्ते विवरण सहितको हुने यस परिचय पत्र स्मार्ट कार्ड जस्तै हुने भएको छ। जसको लागि करिब ३ करोड नेपालीहरुको लागि नेपाल सरकारले १० अर्ब ५० करोडभन्दा बढी रकम खर्च गर्ने भएको छ।
प्रकाशन मिति–२०७३ साल असोज १२ गते बुधवार ।