काठमाडौ। बेलायतको जेलमा रहेका नेपाली सेनाका कर्णेल कुमार लामाले सफाई पाएका छन्। सशस्त्र व्दन्दको समयमा मानवअधिकार हनन गरेको अभियोगमा बेलायतमा पक्राउ परेका जेल सजायको तीन बर्षपछि सफाई पाएका हुन्। एक दशकसम्म नेपालमा चलेको सशस्त्र द्वन्द्वका क्रममा माओवादी विद्रोहीहरुलाई गिरफ्तार गरी यातना दिए युद्ध अपराध गरेको आरोपसहित परेको मुद्दाको सुनुवाई गर्दै बेलायतको लण्डनस्थित केन्द्रीय अपराध अदालतले लामालाई दोषमुक्त गरेको हो।

बेलायतको जेलमा रहेका कर्णेल कुमार लामा
बेलायतको जेलमा रहेका कर्णेल कुमार लामा

१२ जना न्यायाधीशहरु सदस्य रहेको बेन्चले मा‌ओवादी विद्रोहीलाई यातना दिएर मानवताविरोधी अपराध गरेको भन्दै जनक राउतले दायर गरेको मुद्दामा लामालाई सफाइ दिएको हो। यसअघि लामाले अगस्ट २ मा पनि आफूविरुद्ध परेको अर्को मुद्दामा सफाई पाइसकेका थिए। दुई पूर्वमा‌ओवादी लडाकूको केशमा कर्रम हुसैनले दायर गरेको मुद्दामा लामाले सफाई पाएपनि दोस्रो मुद्दा चलिरहेकाले लामाले बेलायत छाड्न पाएका थिएनन्।

हुसैन र राउतले लामविरुद्ध कपिलबस्तुको गोरुसिङ्गे ब्यारेकमा रहँदा माओवादी कार्यकर्ताहरुलाई गिरफ्तार गरेर यातना दिएको भन्दै दुईवटा मुद्दा दायर गरेका थिए। कर्णेल लामाविरुद्ध युद्ध अपराधको अभियोगमा अन्तरराष्ट्रिय अदालत र संयुक्त राष्ट्रसंघमा मुद्दा परेपछि उनी बेलायत पुगेकाले राष्ट्रसंघको सदस्य राष्ट्रका हैसियतले त्यहाँ गिरफ्तार गरिएको थियो।

अभियोजक डङ्कन पेन्नी क्युसीले माओवादी कार्यकर्ता राउतलाई कर्णेल लामाले गोरुसिङ्गे ब्यारेकमा बन्दी बनाएर यातना दिई अपाङ्ग बनाएको दाबी गरेकी थिइन्। लामा सन् २०१३ मा लण्डनस्थित परिवारका सदस्यलाई भेट्न जाने क्रममा बेलायती प्रहरीको गिरफ्तारीमा परेका थिए।

प्रकाशन मिति–२०७३ साल भदौ २१ गते मंगलवार