Tempo Chalak 4काठमाडौ। समसमायिक महिला टेम्पो चालकको कथा–व्यथा तथा यथार्थतालाई चोटिलो प्रस्तुति दिइएको चलचित्र टेम्पो चालकको विहीवार च्यारिटी प्रदर्शन भएको छ। काठमाडौको बाइपास स्थित अष्टनारायण चलचित्र हलमा आयोजित च्यारिटी प्रदर्शन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको आयोजनामा भएको थियो।

Copy of Tempo Chalak 2

चलचित्र प्रदर्शन अगाडि आयोजित कार्यक्रममा आयोजक नेपाल यातायात स्वतन्त्र मजदूर संगठनले चलचित्र टेम्पो चालकका कलाकारहरुलाई विशेष सम्मान गरिएको थियो। काठमाडौको रत्नपार्क–छाउनी रुटमा सफा टेम्पो चलाउंदै आएकी कोपिला तामाङ्गको बास्तविक अभिनय रहेको चलचित्र टेम्पो चालकमा टेम्पो चालकसंग अन्तरजातिय प्रेम विवाह गर्ने एक युवकको कथा रहेको छ। नेवार परिवारको त्यो युवक अष्ट्रेलियामाको पीआर समेत हुन्। जसको सोच समानता नै मानवता हो। त्यो सोच अनुरुप आफूले सक्दो समाज सेवा गर्न तल्लिन बनेको कथावस्तु रहेको छ।

Tempo Chalak 2

सोही क्रममा सफा टेम्पोमा आतेजाते गर्ने क्रममा टेम्पो चालकको सरल व्यवहारवाट आकर्षित बन्ने क्रममा प्रेम हुने कथावस्तुको तानाबुना बुनिएको छ। नेपाली, नेवारी तथा तामाङ्ग भाषालाई जस्ताको तस्तै चलचित्रमा प्रयोग गरिएको छ। तीन भाषामा निर्माण भएको पहिलो चलचित्रको रुपमा पनि चलचित्र टेम्पो चालकलाई लिइएको छ। तामाङ्ग टेम्पो चालक युवती र नेवार युवकको कथा भएकोले चलचित्र टेम्पो चालकमा तामाङ्ग संस्कृति र नेवार संस्कृतिलाई जस्ताको तस्तै प्रस्तुत गरिएको छ। तामाङ्ग तथा नेवार संस्कृतिको फ्युजन चलचित्रको रुपमा पनि टेम्पो चालक देखिएको छ।

Tempo Chalak 1जसमा भाषिक न्याय तथा स्वतन्त्रता देखिएको छ। भाषा नजान्नेलाई पनि अंग्रेजीमा सबटाइटलिङ्ग गरेकोले सवैलाई बुझ्न सहज रहेको छ। अन्तरराष्ट्रिय नेपाली चलचित्रको रुपमा प्रस्तुत गरिएको चलचित्र टेम्पो चालकको लेखन तथा निर्देशन ख्यातिप्राप्त हाँस्य–कलाकार काँ–बेमान रवि डंगोलले गरेका छन्। निर्माण गंगावहादुर नेम्कुलको रहेको छ। अष्ट्रेलियामा लामो समय बसेर नेपाल फर्केका नेम्कुलको सोच र चाहना बमोजिम चलचित्र निर्माण भएको चलचित्र विकास वोर्डका सदस्य उत्तम केसीले भिजन संसारलाई बताएका छन्।

 

Copy of Tempo Chalak 2

चलचित्र टेम्पो चालकका नायक समेत रहेका निर्माता नेम्कुलले मानवताको लागि सम्मानता नभइकन मानवता नहुने भएकोले सम्मानतामा आफूले चलचित्रमा जोड दिएको बताएका छन्। टेम्पो चालक बनेकी नायिका कोपिला तामाङ्ग आफू बास्तविक रुपमा नै टेम्पो चालक भएकोले यस चलचित्रको केही कथावस्तुमा आफ्नो जीवनमा मिलेको स्वीकार्छिन्।। एक छोरीकी आमा समेत रहेकी नायिका तामाङ्ग समयले साथदिएमा अन्य चलचित्रमा अभिनय गर्ने रहर पलाएको भिजन संसारसंगको कुराकानीमा भन्छिन्।

आफू कलाकार नभइकन टेम्पो चालक मात्र भएकोले प्रारम्भमा चलचित्रमा अभिनय गर्ने अफर आउंदा अलमलमा परेतापनि निर्देशक रवि डंगोलले अभिनय प्रशिक्षण दिएपछि आफूलाई सहज भएको नायिका तामाङ्गले भनेकी छन्। नायक नेम्कुल र नायिका तामाङ्गको अलावा अन्नपूर्णेश्वरी शिल्पकार, श्याम सुन्दर शिल्पकार, पल्पसा डंगोल, जेनिशा तामाङ्ग, रंजिता लामा, शान्ति वाइवा, रत्नकाजी महर्जन, गणेशराम लाछी, रुमन जोशी लगायतका कलाकारहरुको अभिनय रहेको छ।
प्रकाशन मिति–२०७२ साल चैत्र २६ गते शुक्रवार ।