काठमाडौं। लकडाउनको परिवेशमा लकडाउन संवन्धमा हरर फिल्म नै निर्माण भएको छ। त्यो पनि एक भाषामा होइन, तीन भाषा नेपाली, नेपालभाषा र तामाङ भाषामा निर्माण भएको छ। तीन भाषाको एक हरर फिल्म अर्थात तर्साउने फिल्मको नाम आक्रान्त हो। केवल १५ मिनेटको सटमूभी आक्रान्तको निर्देशन निर्देशक जितेन्द्र राजोपाध्यायले गरेका हुन।

यस हरर फिल्म तीनवटै भाषामा युट्युब च्यानल मार्फत लकडाउनमा नै रिलिज गरिएको छ। हरि कृष्ण शाही, नेहा अवाले र कोहिनुर राजोपाध्यायको अभिनय रहेको यस फिल्मका सवै दृश्य एउटै घरमा छायाँकन गरिएको जानकारी निर्देशक राजोपाध्यायले दिएका छन्।

कोरोनाभाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै फिल्मको निर्माण कार्यमा सामाजिक दुरी कायम गरिएको पनि निर्देशक राजोपाध्यायले भनेका छन्। जयन कुमार मोक्तानको छायांकन रहेको फिल्ममा कथा र सम्पादन निर्देशक राजोपाध्यायकै रहेको छ।

निर्देशक राजोपाध्याय निर्देशित ठूलो पर्दाको चलचित्र घनचक्कर रिलिज हुने क्रममा रहेको छ। जसमा सौगात मल्ल, सलोन बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको छ।
निर्देशक राजोपाध्याय निर्देशित दर्जनौं म्युजिक भिडियोहरु पनि युट्युबमा हेर्न पाइन्छ।

https://www.youtube.com/watch?v=o4nL7Zvf_J0&feature=emb_logo

प्रकाशन मिति–२०७७ साल जेठ ९ गते शुक्रवार ।