काठमाडौं। गुठी विधेयक खारेजीको माग गर्दै सरोकारवालाहरुले खबरदारी जुलुस निकालेका छन्। सोमबार कालोझन्डासहित सरोकारवालाहरुले काठमाडौंमा खबरदारी जुलुस निकालेका हुन्।

काठमाडौंको न्यूरोडबाट शुरु भएको खबरदारी जुलुस महाँकाल, वीर अस्पताल, रत्नपार्क भृकटीमन्डप, भद्रकाली, सुन्धारा, खिचापोखरी, ओमबहाल हुँदै वसन्तपुर पुगी विरोधसभामा परिणत भएको थियो।

खवरदारी विरोधसभाका वक्ताहरुले गुठी विधयेक खारेज हुनुपर्ने माग गर्दै सरकारले विधयेक फिर्ता लिने र सरोकारवालाहरुसँग छलफल नगरी विदेशीको इसारामा विधेयक दर्ता गर्ने षडयन्त्र गरिरहेको आरोप लगाएका थिए। उनीहरुले विधेयक पूर्णरुपमा खारेज नभएसम्म आन्दोलन सेलाउन नदिने बताए ।

विरोधसभामा गृहमन्त्री, सन्चारमन्त्री, भूमि व्यवस्थामन्त्रीको राजीनामा मागसमेत गरिएको थियो।
प्रकाशन मिति–२०७६ साल असार ९ गते सोमवार ।