काभ्रे। नेपाली कांग्रेसका क्षेत्रिय सभापति तथा पूर्व सांसद तीर्थ लामाले नेपाल र नेपाली जनताको समृद्धि र उन्नतिका लागी देशलाई अगाडि बढाउने जिम्मेवारी नेपाली कांग्रेसको काँधका आएको बताएका छन्। क्षेत्र नवर १ क्षेत्रीय कार्यसमितिको आयोजनामा ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अबसरमा काभ्रेको भकुण्डेबेसीमा आयोजित अन्तरक्रिया कार्यक्रम बोल्दै नेता लामाले उक्त कुरा भनेका हुन्। उनले सरकारको रवैयाले भष्ट्रचार मौलाएको र सरकार हरेक क्षेत्रमा असफल भएको बताउदै अब देश विकास र समृद्धिको बाटोमा लैजान नेपाली कांग्रेस एक ढिक्का भएर अगाडि बढ्नु पर्ने बताए।

नेता लामाले बलात्कार हत्या हिसां, भष्ट्रचार ,महर्गी ,लुटपाट, झनै बढेको भन्दै सरकार त्यसलाई रोक्नुको साटो अपराघी र भष्ट्रचारीहरु बचाउन सरकार नै उद्धत रहेको भन्दै यस्ता सरकारका कार्यप्रति जनता एक भएर विरोध गर्नु पर्ने बताए। उनले नेपाली कांग्रेस भित्र नेतृत्व तहमा देखिएको विवादले जनतालाई निरासा बढ्न सक्ने औल्याउदै त्यस तर्फ नेतृत्वले ध्यान दिनु पर्ने धारण व्यक्त गरेका थिए। कार्यक्रमको प्रमुख अतिथि नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य पूर्व सांसद तथा पूर्व जिल्ला सभापति शिव हुमागाइ रहेका थिए।

अधिकाशं नेताहरुले मन्तब्य राख्ने क्रममा पार्टी भवन निर्माण गर्न लागेको सुखद योजनाले हामि खुसी भएका छौ अब भवनलाइ आबश्यक हुने आर्थिक भौतिक र नैतिक हरेक जिम्मेवार पूरा गरिने प्रतिबद्धता व्यक्त गरेका थिए। सोही कार्यक्रममा भवन निर्माणको लागि उपस्थित नेता तथा कार्यकर्ता बाट १२ लाख रुपियाँ संकलन भएको थियो। २ करोड बराबरको लागतमा भकुन्डेबेसीमा रहेको २५ आना जग्गामा पार्टी कार्यालय निर्माण हुने छ भने पार्टी भवन माघ बाट निर्माण कार्यसुरु हुने जानकारी दिदै सम्पूर्ण काभ्रे १ का नेता तथा कार्यकर्तालाई सहयोगको लागि अपिल गरिएको छ।
प्रकाशन मिति–२०७५ साल चैत्र २५ गते सोमवार ।