Lakhe Bhaju 3काठमाडौ। लाखे काठमाडौको एउटा परिचय हो। गौरब अनि इतिहास हो। जुन इतिहास हरेक बर्ष काठमाडौको बसन्तपुरवाट शुरु हुने हप्ता दिन लामो इन्द्रजात्रामा प्रस्तुत हुने गर्दछ। लाखेको इतिहास तथा त्यो गौरबता नेपाल वाहेक युरोप, अमेरिका तथा बेलायतसम्म फैलिसकेको छ।

इन्द्रजात्रा तथा अन्य अवसरहरुमा नेपालको पहिचानको रुपमा लाखे नाच नचाइने कार्य हुंदैआएको छ। यसै गौरबतामा लाखेको पौराणिक प्रेम कथामा मौलिक नेपालभाषी चलचित्र लाखे भाजु निर्माण हुने भएको छ। काठमाडौको इन्द्रेणी कम्पलेक्समा आयोजित भव्य समारोह वीच यस चलचित्र लाखे भाजुको निर्माण शुभारम्भ कार्यक्रम भएको छ।

Lakhe Bhaju 2नेपाली चलचित्र उद्योगका तीन टाइकोन निर्माताहरु प्रदीपकुमार उदय, नरेन्द्र महर्जन र गोपालकाजी कायस्थको संयुक्त निर्माण तथा नायिका अशिष्मा नकर्मीको प्रस्तुतिमा चलचित्र लाखे भाजु नेपालभाषामा निर्माण हुन लागेको हो।

लेखन तथा निर्देशन आर्यम नकर्मीको रहने भएको छ। नेपाल वाहिरवाट अमेरिकावाट सुन्दर राजभण्डारी, युरोपवाट चिजकुमार श्रेष्ठ तथा बेलायतवाट दीपक श्रेष्ठको समेत लगानी चलचित्र लाखे भाजुमा रहने भएको छ।

Lakhe Bhaju 4नेपालभाषी भएतापनि नेपालभाषाका कुनैपनि चलचित्र नहेरेका तथा नेपालभाषाका चलचित्र हेर्नैपनि नपरोस् भन्ने चाहना राख्ने नेपाली चलचित्रका टाइकोन निर्माता प्रदीपकुमार उदयले बेलायतमा रहेका निर्माता तथा नायक मनिष कुमार श्रेष्ठले निर्माण तथा अभिनय गरेका चलचित्र तुयुमति हेरेपछि सोही चलचित्रको प्रभावमा विशुद्ध नेपालभाषामा चलचित्र निर्माण गर्ने सोचवाटै चलचित्र लाखे भाजु निर्माण गर्न प्रेरणा मिलेको बताएका छन्।

Tuyumati in Japanसोही प्रभावका कारण तुयुमतिकै निर्देशक आर्यम नकर्मीलाई चलचित्र लाखे भाजुको लेखन तथा निर्देशनको जिम्मेवारी दिएको पनि निर्माता उदयले खुलासा गरेका छन्। अशिष्मा नकर्मी, सोदित मानन्धर, मदनदास श्रेष्ठ, नगीना जोशी, गणेशराम लाक्षी, हृद्यप्रसाद मिश्र, कृष्णभक्त महर्जन, सविन शाक्य,नारायणदेवी प्रधान, अन्नपूर्णेश्वरी श्रेष्ठ, रुपेन श्रेष्ठ, सुरज व्यञ्जनकार, भोगेन्द्र मानन्धर लगायतका कलाकारहरुको अभिनय रहने भएको छ। निर्माण लागत पचास लाख रहेको निर्माताहरुले बताएका छन्।

प्रकाशन मिति–२०७४ साल असोज २४ गते मंगलवार ।