Health Minister Gagan Thapa
Health Minister Gagan Thapa

काठमाडौ। नेपालमा नेपाली जनताले उचित स्वास्थ्य सेवा सरल तथा सस्तो ढंगवाट प्राप्त गर्न नसकिरहेको अवस्थामा विभिन्न नेता तथा पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीहरुलाई चर्को उपचार खर्च दिइरहेकोमा विरोध भैरहेको छ। नेताहरु सामान्य उपचारको लागि पनि विदेश शयर गरेर सरकारी ढुकुटीवाट महंगो खर्च तिर्न लगाउने प्रथाको विरोध नेपाल सरकारका स्वास्थ्य मन्त्री गगन थापाले कडा रुपमा गरेका छन्।

नेपाली जनताले खुन–पसिनाले तिरेको करको रकम त्यसरी दूरुपयोग नगर्न र नगराउन स्वास्थ्य मन्त्री थापा कडाईका साथ लागेका छन्। त्यसक्रममा भारतको बैंग्लोरमा उपचार गराइरहेका पंचायतकालिन पूर्वप्रधानमन्त्री डा.तुलसी गिरीको उपचारको प्रस्ताव खर्च व्यहोर्ने संवन्धमा शुक्रबारको मन्त्री परिषदको बैठकमा आउनासाथ मन्त्री थापाले कडा रुपमा त्यसको विरोध जनाएको अन्नपूर्ण पोष्टले उल्लेख गरेको छ।

Former Prime Minister Dr. Tulshi Giri
Former Prime Minister  Tulshi Giri

 

प्रधानमन्त्री पुष्पकमल दाहालले डा.गिरी विशिष्ट व्यक्ति हो भन्दै गिरीको मागअनुसारको खर्च रकम स्वीकृत गर्न आग्रह गर्दा मन्त्री थापाले अस्वीकार गरेका छन्। नेपालमा को विशिष्ट हो या होइन भन्ने कसरी चिन्ने भन्दै मन्त्री थापाले उल्टै प्रधानमन्त्री दाहाललाई यो देशको नेतृत्वले आम नेपाली जनतालाई किन विशिष्टको दर्जा दिन सक्दैन भनेर प्रश्न गरेका छन्। डा.गिरी विशिष्ट हो या होइन भन्ने कसरी थाहा पाउने भनेर पनि प्रतिप्रश्न गर्दा प्रधानमन्त्री दाहाल मौन बसेको समाचारस्रोतको दावी रहेको छ।
प्रकाशन मिति–२०७३ साल भदौ २५ गते शनिवार ।