काठमाडौ। नेपाल स्वयमसेवी रक्तदाता समाजको तेस्रो राष्ट्रिय महाधिवेशन तथा रक्त सम्मेलन भएको छ। २५६२ औं बुद्ध जयन्तीको अवसरमा सोमवार काठमाडौको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा यस कार्यक्रम भएको हो।यस कार्यक्रमलाई नेपालका पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गरेका हुन्। प्रचण्डलाई कार्यक्रम स्थलमा आयोजक नेपाल स्वयमसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष तथा नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यले बाजागाजा सहित भव्य रुपमा स्वागत गरेका थिए। प्रचण्डसंग प्रेमसागरको हिडाई स्टाइल नै गजबको बनेको थियो।

‘कम्तीमा एक परिवार, एक स्वयमसेवी रक्तदाता अभियानमा सहभागी हौं’ भन्ने नाराकासाथ आयोजना गरिएको महाधिवेशनको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १८ बर्षको उमेरमा पहिलो पल्ट रक्तदान गर्न आएकी किशोरी पलिभसा जः आचाजुलाई रगतको थैली दिएर उदघाटन गरेका हुन्।

कार्यक्रममा बोल्दै प्रचण्डले जीवनमा रक्तदानको ठूलो महत्व रहेको र सबैभन्दा पुण्यकर्म रक्तदान नै हो, रगतको विषयमा सरकारको भूमिका र व्यवस्थापन राम्रो हुनु पर्ने र जसले रगत अभाव पूरा गर्दछ भन्न चुकेनन्।

महाअधिवेसनमा थालेसिसिया सोसाइटीका अध्यक्ष दुर्गा पाठक, डा.भगवान कोइराला, नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वा लगायतले शुभकामना मन्तव्य दिदै महाधिवेशन सफलताको कामना गरेका थिए।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले आफूहरुले दिएको रगतमा चरम लापरवाही भैरहेको, रक्तदाताहरुले दिएको निःशुल्क रगतलाई खुलेआम रुपमा विक्रीमा राखिरहँदा समेत सरकार मौन भएको खुलासा गरेका छन्।

नेपाल स्वयंसेवी रक्तदाता समाजको अहिलेसम्म ३० जिल्लामा जिल्ला कार्यसमिति गठन लगाएत स्वयंसेवी रक्तदाता सञ्जाल फैलिसकेको पनि अध्यक्ष कर्माचार्यले बताए।

प्रकाशन मिति–२०७५ साल बैशाख १७ गते सोमवार ।