काठमाडौं। नेपालका नंबरी ख्यातिप्राप्त मोडल प्रशान्त ताम्राकार हिरो बन्नुपर्ने मान्छे हो। नेपालका एक से एक हिरो भन्दा कुनैपनि हालतमा कमजोर नदेखिएतापनि फिल्मी डेब्यु भने भिलेनवाटै इन्ट्री मारेका प्रशान्तका लागि भिलेन फलिफाप नै भयो।

हलिउड र बलिउड शैलीमा निर्माण भएको नेपाली फिल्म ऐश्वर्य नै प्रशान्तको आइडेन्टी भयो। हुन त यसअघि प्रशान्तले संवोधन र मुखौटा नामक दुई नेपाली फिल्ममा अभिनय गरेका थिए। ती फिल्मले प्रशान्तलाई खासै उचाई दिएन। अर्थात ती दुवै फिल्मवाट चिनिएन। प्रशान्तलाई बीग स्टार बनाउने फिल्म ऐश्वर्य नै बन्यो।

ऐश्वर्यमा प्रशान्त हिरो भने होइन। टोटल भिलेन छन्। त्यो पनि गजबका क्रेजमय भिलेन। जसको अगाडि हिरो पनि फिक्का फिक्का बनेका छन्। महाभारतमा जस्तो कडा अनि लामा लामा गजबका डाइलग बोलेर स्टारडम जमाएका प्रशान्तको अर्को पहिचान भनेकै कसौटी जिन्दगीकेका मिस्टर बजाजको जस्तो क्रेज हुनु हो।

योङ ह्याण्डसम भएतापनि फुलेको दाह्रीसहितको अग्ला व्यक्तित्वको पहिचान राख्न ऐश्वर्यवाट सफलता प्राप्त हुनु हो। ऐश्वर्यको त्यो फुलेको दाह्री नै प्रशान्तको भिलेनको गौरबमय पहिचान बनेको छ। त्यसपछिका रानीमहल, जय शम्भु लगायतका फिल्महरुमा त्यो पहिचानलाई कायम नै राखेर अगाडि बढे्का छन्।

वास्तविक जीवनमा पनि त्यो फुलेको लामो दाह्रीलाई कायम नै गरेर अगाडि बढे्का छन्। जारी लकडाउनमा काठमाडौं महानगरपालिका वडा नंबर ४ बालुवाटार स्थित निवासमा भिजन संसार डटकमसंगको जम्काभेटमा उही स्टाइलमा देखिएका प्रशान्तले आफ्नो पहिचान भनेकै लामो फुलेका दाह्री–जुंगा नै हो भनेका छन्।

प्रशान्तलाई हिरोभन्दा भिलेनमा नै मज्जा भएको छ। अरुले भिलेनलाई गाली गर्ने गरेको तर, आफूलाई माया गर्ने गरेको बताएका छन्। फिल्मी अभिनयमा भिलेन भएतापनि वास्तविक जीवनमा अत्यन्त सरल व्यवहारका प्रशान्त फिल्मी भिलेनका लागि नै फुलेको दाह्री–जुंगालाई कहिलेपनि कलर नगरेको र नकाटेको पनि भनेका छन्। फिल्मी स्टाइलमा नै उही फुलेको दाह्र्री र जुंगामा नै प्रशान्त रमेका छन्।


प्रकाशन मिति–२०७७ साल जेठ ९ गते शुक्रवार ।