काठमाडौं। काठमाडौंको महाराजगन्जस्थित त्रिविवि टिचिङ अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको माथिल्लो तलामा सोमबार साँझ आगलागी भएको छ। माथिल्लो तलामा रहेको नर्सिङ प्रशासन प्रमुख विन्देश्वरी गुरुङको कार्यकक्षबाट आगलागी सुरु भएको हो।

आगलागीबाट सो तलामा रहेको प्रशासनकक्ष जलेर नष्ट भएको छ। अचानक आगलागी भएपछि सुरक्षागार्डलगायतले आगो नियन्त्रणको प्रयास गरेका थिए। पछि चारओटा दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो।

आगलागी भएपछि अस्पतालमा भागदौड मच्चिएपनि कुनै मानवीय क्षति भने भएको छैन्। आगोलागीको कारण खुलिसकेको छैन्। प्रहरीले यस वारेमा अनुसन्धान भैरहेको जनाएको छ।


प्रकाशन मिति–२०७६ साल साउन २७ गते सोमवार ।