काठमाडौं। नेपालको पहिलो र जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जलाई सीटी स्क्यान मेसिन खरिदका लागि अनुदान दिने भएको छ।

त्रिवि शिक्षण अस्पतालमा अत्याधुनिक सीटी स्क्यान मेसिन खरिदका लागि आर्थिक अनुदान दिने सम्बन्धमा मंगलबार सम्झौता भएको हो। उपप्रधानमन्त्री ईश्वर पोखरेलको उपस्थितिमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर दिनेश काफ्लेबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

सम्झौता अनुसार काठमाडौं महानगरपालिकाले ७ करोड ५० लाख रुपैयाँ बराबरका १२८ स्लाइसको अत्याधुनिक सिटी स्क्यान मेसिन खरिद गर्न त्रिवि शिक्षण अस्पताललाई सहयोग गर्ने भएको छ।


प्रकाशन मिति–२०७७ साल मंसीर ३० गते मंगलवार ।