काठमाडौ। त्रिशुली जीप दुर्घटनामा परी बेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे नभेटिएपछि गोताखोर टोली फर्किएको छ। मुक्तिनाथ दर्शन गरी फर्किने क्रममा असोज ९ गते घिमिरे सवार गाडी त्रिशुलीमा खसेको थियो। उक्त दुर्घटनामा घिमिरेकी आमा, उनका अंगरक्षक तथा एक आफन्तको शव भेटिएको थियो। पूर्व गृहमन्त्री घिमिरेसहितका तीन भाइ नभेटिएपछि कैलालीबाट गोताखोर झिकाइएको थियो।

Ex-minister Ghimire goes missing as car plunges into Trishuli River
Ex-minister Ghimire goes missing as car plunges into Trishuli River

पानीको सहतहबाट भित्रैसम्म डुबेर खोजी गर्ने गोताखोरले घिमिरेलाई भेट्न नसकेपछि टोली फर्किएको हो। गोताखोरले गाडी खसेको ठाउँको २५ मिटर आसपासका क्षेत्रमा नदीको भूइँसम्म कुनै पनि वस्तु र मानिस नभेटेपछि फर्किएको कुरिनटारस्थित सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द्रका प्रहरी उपरीक्षक गणेशबहादुर थापाले बताए।

सो समूह ठूला नदीमा पुल बनाउँदा पानीभित्र पसेर पिल्लर ठड्याउने व्यावसायिक समूह हो। एक पटकमा पाँच मिनेटसम्म पानीभित्र पसेर खोज्न सक्षम गोताखोरको रुपमा उक्त समूहलाई चिनिन्छ।
प्रकाशन मिति–२०७३ साल असोज १८ गते मंगलवार ।