काठमाडौ। काठमाडौमा जाडोको बृद्धिसंगै प्रधानमन्त्री केपी शर्मा ओलीले थप चार मन्त्री नियुक्त गरेर मन्त्रीपरिषद विस्तार गरेका छन्। राप्रपाबाट दीपक वोहरा, नेपाल परिवार दलवाट एकनाथ ढकाल, जनमुक्ति पार्टी लोकतान्त्रिकका शिवलाल थापा र समाजवादी जनता पार्टीका प्रेमवहादुर सिंहलाई प्रधानमन्त्री ओलीले मन्त्रीमा नियुक्त गरेका छन्।New-Minister-Sapathएकनाथ ढकालको मन्त्रालय टुंगो लाग्न नसकेपनि दीपक वोहरा श्रम तथा रोजगार, शिवलाल थापा विज्ञान तथा प्रविधि र प्रेमवहादुर सिंह सरसफाई तथा खानेपानी मन्त्रीमा तोकिएको छ।

New-Minister-650

आज विहीवार सांझ नै नवनियुक्त चार मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित कार्यक्रममा शपथ ग्रहण गराएकी छन्। आज नियुक्त चार मन्त्री सहित अव मन्त्रीहरुको संख्या ३४ पुगेको छ।

प्रकाशन मिति–२०७२ साल पुष ९ गते विहीवार ।