काठमाडौ। नेपाली पप तथा आधुनिक संगीतमा अत्याधुनिकतासंगै हरर्र गीत गायन पनि शुरुवात भएको छ। हालसम्म नेपालमा नेपाली हरर्र यानी डरलाग्दो भूतको शैलीको गीत नभएको अवस्थामा गायक समिर हमालले त्यो शैलीको गीत नेपालीमा एक दशक अगाडि नै विकास गरेको हो।

संभवत नेपालको पहिलो हरर्र गायकको रुपमा देखा परेका गायक हमालले गाएको हरर्र गीतको बोल नै माया गर्छु म रहेको छ। एक दशक अगाडि नै गाएको यो गीतको म्युजिक भिडियो बनाउने हाल तयारीमा आफू रहेको गायक हमालले भिजन संसारलाई भनेका छन्।

चुपचाप गीत गायनमा विगत डेढ दशक अगाडिवाट क्रियाशील हुंदै आएका गायक हमालको पछिल्लो एल्बम थर्ड मन्त्रले विश्वलाई नै चकित बनाएको छ। मन्त्रमा आधारित संगीतको सिर्जना गरेर नयाँ आयाम थपेका गायक हमालको थर्ड मन्त्रले नेपाली तथा विदेशी सवैलाई आकर्षित बनाएको थियो।

संगीतमा हरपल नयाँपन तथा नयाँ कुराको सिर्जना गर्न रुचाउने गायक हमालको यही बानीको कारण सवैको प्रिय बन्दैगएका छन्। विस्तारै स्लो मोसनमा अगाडि बढ्दैआएका हमालका अन्य हिट गीतहरुमा वितिजाने, यो स्वार्थी, सपनाहरु, तिमीलाई माया लगायतका गीतहरु रहेका छन्।

हमाल पचासको दशकको अत्यन्त हिट पप व्याण्ड मेसेन्जर व्याण्डका भोकलिष्ट तथा म्युजिक एरेञ्जर पनि हुन्। हमालले केही दिनअगाडि काठमाडौको टुंडिखेलमा भव्य समारोह वीच भएको ओम विक्रम विष्ट सहयोग कार्यक्रममा ओम विक्रम विष्टकै हिट गीत म मौनतामा अल्झेको एउटा जीवन वोलको गीत गाएर सवैको वाहवाही पाएका थिए।

गीत–संगीत रगत–रगत अनि नशा–नशामा बोक्दै हिडे्का गायक हमाल गायनलाई फरक कोण तथा ढंगवाट अगाडि बढाउने कोशिशमा रहेका छन्।


प्रकाशन मिति–२०७५ साल बैशाख २१ गते शुक्रबार ।