काठमाडौ। थारुभाषाको चलचित्रका महानायक परशुराम चौधरी पनि नेपाली राजनीतिमा खुलेर लागेका छन। माओवादी केन्द्रको राजनीतिमा लामो समयदेखि समाहित महानायक चौधरी आसन्न प्रतिनिधिसभाा तथा प्रदेशसभा सदस्य पदमा उम्मेदवार बनेका छन्।

माओवादी केन्द्रवाट महानायक चौधरीलाई सुनसरी क्षेत्र नंबर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकवाट उम्मेदवार बनाइएको छ। सुनसरीको झुम्कामा जन्मेका र झुम्कावाटै थारुभाषाको चलचित्र करमवाट फिल्मी करियर बनाएर थारुभाषाका दर्जनौ दर्जन चलचित्र निर्माण गर्नुको अलावा निर्देशन तथा अभिनय गरेर थारुभाषालाई योगदान दिदैआएका महानायक चौधरी थारुहरुको सामाजिक उत्थान तथा कल्याणको लागि अहोरात्र लागिपरेका व्यक्तित्व हुन्।

हाल सुनसरीको झुम्कामा नै म्याजिक सिनेमा नामक फिल्म हलका संचालक समेत रहेका महानायक चौधरीले थारुहरुको हक, हित र कल्याणको लागि जीवन समर्पित गर्दैआएको र अव राजनीति मार्फत थप सेवा दिने प्रतिवद्धता व्यक्त गरेका छन्। सानैदेखि प्रगतिशील फाँटमा रहेर कम्युनिष्ट राजनीति गर्दैआएको खुलासा गर्ने महानायक चौधरी तीन दशक लामो संघर्ष पश्चात बल्ल आफ्नो पालो आएको भनेका छन्।

थारु जनताकोलागि नेपाली राजनीति मार्फत प्रत्यक्ष सहयोग गर्ने अवसर आएको र यस अवसरलाई सुनसरीका समस्त थारुजातिले आफूलाई सहयोग गर्ने आशा पनि महानायक चौधरीले गरेका छन्।

प्रकाशन मिति–२०७४ साल कात्तिक १८ गते शनिवार ।