विश्व स्वस्थ्य संगठनले डिप्रेसन जिवनकालमा पुरुषमा १५ प्रतिशत र महिलामा २५ प्रतिशत सम्म हुने बताएको छ । डिप्रेसनको बिरामीलाई अनेक रोग लागेको भान हुन्छ। यो रोगमा केही बिरामी पटक पटक उपचारको शिकायत गर्ने, धेरै पटक जाँच गर्ने तर रोग नभेटिने हुन्छ । यो रोगमा केही बिरामीले मनको पिडा सहन नसकी आत्महत्या गर्ने गरेको पनि पाइएको छ। एकै पटक धेरै लक्षण देखिने रोग नै डिप्रेसन हो।

नेपालमा डिप्रेसन रोगका मुख्य कारणहरु पारिवारिक कलह, काममा असफलता, श्रीमान्को विदेश बसाई, प्रेममा वियोग, मानिस मृत्यु, व्यापारमा नोक्सानी, जागिर छाड्नु, बालक अवस्थामा आमाबाबुबाट टाढा रहनु,ु र राजनीतिक असन्तुलनको असर आदि पर्दछन् । कतिपय डिप्रेसन रोगका बिरामी राती निदाउदैनन् वा निद्रा नपर्ने हुन्छ । डिप्रेसनका बिरामीहरु आत्तिने खालको सपना देख्छन ्। धेरै डिप्रेसनका बिरामी आफूलाई असफल ठान्छन् र भविष्यप्रति निराशावादी हुन्छन् । कोही यौनक्रियामा कमी भयो भन्ने लक्षण लिई डाक्टर कहाँ आउछन् ।

Health- Dipressanडिप्रेसन रोग यकिन गर्न लक्षणहरु कम्तीमा २ हप्तासम्म रहनुपर्छ । महिलामा डिपे्रसन बढी हुने खास कारण थाह भएका नभएपनि सहन सक्ने क्षमता महिलामा कम हुने भएकोले रोग बढी लागेको अनुमान छ । डिप्रेसन रोगका बिरामी नेपालमा धेरै छन् । कतिपय बिरामीहरु सुरुमा बेलुकी पख टाउको दुख्ने, कुराहरु बिर्सने, आत्मबल घट्ने, आत्तिएको महसुस गर्ने, दुःख परेको मानिस देख्दा मन थाम्न नसक्ने हुन्छन् । मानिसहरुमा विभिन्न खालका डिपे्रसन देखापर्छन् ।

डिप्रेसनका कारण कतिपय बिरामीहरु घाँटीमा केही अड्कियो भन्ने, आफुलाई क्यान्सर भयो भनी रुने, मर्ने भइयो भनेर आत्तिने, परिवारको बारेमा कुनै चिन्ता नलिने जस्ता लक्ष्ण भेटिन्छन् । डिप्रेसनका बिरामीले आवश्यक कुरामा पनि मन थाम्न सक्दैनन्। जस्तै सडकमा एकजना बिरामी देख्दा वा मरेको मानिस देख्दा आत्तिने र चिन्तित हुने गर्छन्।

Health- Dipressanडिप्रेसनका बिरामी एउटै घटनालाई आधारमानी सधैं त्यसमा अनावश्यक विवाद गर्छन्,जस्तै परिक्षमा १ पटक फेल भएमा अब सधंै फेल भइन्छ भनी आतिन्छन् जुन गलत हो । कतिपय डिप्रेसनका रोगी नकारात्मक सोचाई बाट पिडित हुन्छन् । मनमा यस्ता सोचाई लिन्न भनेपनि ती सोचाइ आउनाले छटपटी महसुस गर्छन् । डिप्रेसनका बिरामीको मस्तिष्कको परीक्षण सि.टी स्क्यान,यम.आर.आई गर्दा कुनै खराबी देखिदैन तर न्यूरोट्रान्समिटर,जुन अत्यन्त शुक्ष्म परीक्षण मानिन्छ । यो परीक्षण गर्दा सेरोटोनिन तथा नरइपिनेफ्रिनभन्ने तत्व मस्तिष्कमा घटेको देखिन्छ ।

डिप्रेशनका लक्षणहरु
१.रुन मन लाग्ने
२.निराश हुने
३.एक्लै बस्न रुचाउने,
४.झर्को लाग्ने
५.दिक्क मान्ने
६.बोल्न मन नलाग्ने
७.छटपटी हने
८.हातखुट्टा झम झम गर्ने
९.पैतला पोल्ने, तालु पोल्ने
१०.मुख सुक्ने
११.आत्मग्लानी हुने
१२.नकारात्मक सोचाई रहने
१३.निद्रा कम पर्ने
१४.खानामा रुचि नहुने
१५.यौन सम्पर्क गर्न रुचि नहुने
१६.आफूलाई निकम्मा सम्झने
१७.मर्न पाए हुन्थ्यो भन्ने
१८.बारम्बार रुने
१९.शंका लाग्ने
२०.कानमा आवाज आउने

प्रकाशन मिति–२०७२ साल चैत्र २४ गते बुधवार ।