काठमाडौ। शरीरको उपचार नै फिजियो थेरापी हो। फिजियो अर्थात शरीर र थेरापी अर्थात उपचार हो। यसकारण सरल ढंग अनि सहज तरीकावाट शरीरको उपचार प्रविधिलाई फिजियो थेरापी भन्ने गरेको तथ्यलाई नेपालका एक्युप्रेसर थेरापिष्ट सुशीला मानन्धरले खुलासा गरेकी छन्। यो उपचार प्रविधिवाट सवैखाले उपचारको संभव भएको थेरापिष्ट मानन्धरको दावी रहेको छ।

यद्यपि, हाड–जोर्नीको समस्या, खेलबाट हुने चोटपटक, बाथ रोग, हड्डी खिइने, पलाउने तथा कमजोर हुने समस्याको अलावा विशेषत स्नायु अर्थात नशा संवन्धी समस्यामा एक्युप्रेसर थेरापीको प्रयोग गर्ने गरिन्छ। एक्युप्रेसर थेरापीले कयन त्यस्ता रोग तथा समस्याको निदान हुने गरेको छ।

यस उपचार प्रविधिमा कुनै प्रकारको रसायन तथा औषधि प्रयोग नगरिकन तालिम प्राप्त  थेरापिष्टले शरीरका विभिन्न अंगका प्वाइन्टहरु पत्ता लगाएर हातको माध्यमवाट थिचेर तथा मालिस गरेर गरिने उपचार हो।

यस उपचार विधिव्दारा विरामी तथा विरामी नभएकाहरुले पनि लाभ प्राप्त गर्दछन्। विरामीहरुले त यस विधिव्दारा उपचार गरेर स्वस्थ बन्ने गर्दछन्। विरामी नभएकाहरुले आफ्नो कुन अंगमा कस्तो प्रकारको रोग लागिरहेको छ र त्यसले शरीरलाई कसरी हानी पुर्याइरहेको छ भन्ने कुराको जानकारी दिने भएकोले यो उपचार विधि अत्यन्त लाभदायिक भएको जिकिर थेरापिष्ट मानन्धरको रहेको छ।

यही उपचार विधिको माध्यमवाट धेरैको सुक्ष्म रुपमा शरीरका अंगलाई आक्रान्त पारिरहेको रोगको जानकारी दिएर थेरापीकै माध्यमवाट निदान गर्न सकिएको जानकारी पनि मानन्धरले दिएकी छन्। काठमाडौको लैनचौर स्थित मनमोहन अस्पतालमा कार्यरत थेरापिष्ट मानन्धरले अशक्त तथा बृद्ध–बृद्धाहरुको घरै पुगेर पनि होम सर्भिस दिने कार्य गर्दैआएकी छन्।

भारतको जोधपुर विश्वविद्यालयवाट एक्युप्रेसर थेरापिष्ट थेरापीको अध्ययन पूरा गरेर विगत चार बर्षदेखि प्राक्टिस गर्दैआएकी मानन्धरका अनुसार विभिन्न प्रकारका व्यायाम उपचार, थेरापेटिक मसाज, इलेक्ट्रो थेरापी, चुम्बक, ध्वनी, प्रकाश लगायत यस उपचार प्रविधिमा प्रयोग हुने गरेको छ। त्यसको अलवा ताप र चिसोवाट उपचार जस्तो प्याराफिन वाक्स, हाइड्रोकुलाटोर, आइस प्याक पनि प्रयोग हुने गरेको छ। थेरापीले शारीरिक क्रियाकलापलाई पूर्नरस्थापना गर्दछ।

शारीरिक हिंड्डुलमा सुधार गर्दछ। दुखाइलाई कम गरिने दिने कार्य गर्दछ। अङ्ग विकृतिलाई कम गराउने कार्य गर्दछ। नशा च्यापिएको, खुम्चिएको, मुख बाँगिने, श्वास प्रश्वास रोगमा देखा पर्ने खकार निस्काशन गर्नमा समस्या, हर्टएटेक पछिको सुधारको लागि पनि  थेरापी गर्ने गरिएको जानकारी पनि थेरापिष्ट मानन्धरले दिएकी छन्।

यसकारण पनि चिकित्सा विज्ञान तथा आयुर्वेदा विज्ञान दुवैले  थेरापी विधिलाई अत्यन्त महत्व दिन थालेको पाइन्छ। जसले गर्दा नेपालमा फिजियो थेरापिष्टहरुको दिनानुदिन डिमाण्ड बढ्न थालेको भनाई पनि थेरापिष्ट मानन्धरको रहेको छ।
प्रकाशन मिति–२०७५ साल बैशाख २ गते आइतवार ।