काठमाडौ। दक्षिण अमेरिकी मुलुक पेरुको दक्षिण पश्चिमी तटीय क्षेत्रमा ७.१ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण एक जनाको मृत्यु भएको छ भने ६५ जना घाईते भएका छन्। धेरै भवनहरु ध्वस्त भएका छन्।

स्थानीय समयअनुसार बिहान ४ः१८ मा जमिन मुनी ३६ किलोमिटर गहिराईबाट गएको भूकम्पको केन्द्र प्रशान्त महासागरमा रहेको अमेरिकी जियोलोजिक सर्भेले जनाएको छ । भूकम्पबाट एरेक्यूपा, इका, आयुचुचो लगायतका ग्रामिण क्षेत्र बढी प्रभावित भएका छन्।

राजमार्गहरु भत्केकाले उद्धार र राहतमा प्रभाव परेको अधिकारीहरुले जनाएका छन् । (समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल माघ १ गते सोमवार ।