काठमाडौ। दक्षिण एसियाली मुलुकहरुमा नेपाल दोश्रो शान्त मुलुक बनेको छ। भिजन फर ह्युम्यानिटीले गरेको एक विश्वव्यापी सर्वेक्षणले उक्त नतिजा सार्वजनिक भएको हो। सर्वेक्षण अनुसार भुटान दक्षिण एसियामै सबैभन्दा शान्त र अफगानिस्तान सबैभन्दा अशान्त मुलुक रहेको सर्भेमा उल्लेख छ।

Nepal Map with flag Buddhaभिजन फर हयुम्यानिटीको ‘सन् २०१६ ग्लोबल पिस इन्टेक्सका’ का अनुसार सरकारविरोधी आन्दोलनका कारण आन्तरिक सुरक्षा चासोमा केही बढोत्तरी आए पनि नेपाल दक्षिण एसियामा दोस्रो शान्त मुलुक हो । सरकारविरोधी आन्दोलनका कारण नेपालमा पक्राउ पर्नेको संख्या बढेको त्यसमा उल्लेख छ। सरकारविरोधी आन्दोलन भनेर मधेसलाई संकेत गर्न खोजे पनि यसबारे खासै उल्लेख गरिएको छैन।

‘सन् २००८ को तुलनामा सन् २०१६ मा नेपालमा शान्तिको स्कोर २ प्रतिशत राम्रो छ। यद्यपि सन् २००५ को तुलनामा सन् २०१५ मा सात प्रतिशतले राम्रो थियो,’ बिहीबार सार्वजनिक प्रतिवेदनमा भनिएको छ। प्रतिवेदनअनुसार बंगलादेश, श्रीलंका, भारत, पाकिस्तान र अफगानिस्तान क्रमश: तेस्रो, चौथो, पाँचौं, छैटौं र सातौं स्थानमा छन्। प्रतिवेदनले विश्व क्रमश: अशान्ति हुँदै गएको समेत बताएको छ ।
प्रकाशन मिति–२०७३ साल जेठ २८ गते शुक्रबार।