Naw Yug in SAAGकाठमाडौ। भारतमा जारी १२ औं दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा नेपालले समूह बी को पहिलो खेलमा भुटानलाई शुन्यको विरुद्ध ५ गोल गरेर विजय हासिल गरेको छ।

बंगलादेशमा आयोजित बंगबन्धु गोल्पकपमा विजयी टोली सम्मिलित नेपालको खेलमा नेपालको तर्फवाट ख्यातिप्राप्त फुटबलर नवयुग श्रेष्ठको ह्याट्रिकले नेपाललाई अग्रता दिलाएको थियो। नेपालले ३३ औं मिनेटमा नवयुगको गोलले अग्रता लिएको थियो ।

पहिलो हाफ सकिन दुई मिनेट अगाडि विशाल राईले दोस्रो गोल थपे । तेस्रो गोल अञ्जन विष्टको नाममा रह्यो र उनले ५१ औं मिनेटमा गोल गरे। नवयुगले ७४ औं मिनेटमा आफ्नो दोस्रो व्यक्तिगत गोल गरे । उनले ८५ औं मिनेटमा ह्याट्रिक पूरा गरे।

Naw Yug in SAAG 1प्रकाशन मिति–२०७२ साल माघ २४ गते आइतवार ।