Sewak Nepal 4

–नेत्र पौडेल
दक्षिण कोरिया। अनाथका लागि सेवक नेपाल नारा सहित सेवक नेपालको तेश्रो बार्षिक साधारणसभा तथा बृहत अन्तरक्रिया कार्यक्रम आइतवार संपन्न भएको छ। दक्षिण कोरियाको राजधानी सौलस्थित नेपाल हाउसमा संपन्न भएको कार्यक्रममा नेपालका अनाथ बालबालिकाका लागि दिगो संरक्षण गर्ने सेवक नेपालले प्रतिवद्धता समेत जनाएको छ। यसै कार्यक्रमवाट नेपाल अनाथ बालगृह निर्माणको लागि अर्थ संकलन महाअभियानको प्रारम्भ समेत गरिएको थियो।

Sewak Nepal 3

सेवक नेपालको आफ्नै बालगृहमा अनाथ तथा असहाय बालिबालिकालाई राखी उचित लालनपालन तथा पढाईलेखाई गराएर नैतिक र चरित्रवान नागरिक बनाउने प्रमुख उदेश्यका लागि आर्थिक अभियान शुरु गरिएको बताइएको छ। अभियानको शुरुवातकै दिन व्यक्तिगत तथा संस्थागत गरेर करिब एक करोड कोरियन वोन विभिन्न संघ–संस्था तथा व्यक्ति–विशेषले सहयोग गर्ने घोषणा गरेका थिए।

Sewak Nepal 1संस्थाका अभियन्ता तथा सुपका अध्यक्ष धर्मराज जोशीले स्वागत मन्तव्य राख्दै बालगृह निर्माण महाअभियानमा जुट्न सवैलाई आग्रह गरेका थिए। कोरियाका लागि कार्यवाहक नेपाली राजदूत किरण शाक्यले सामान्य युवाहरुले विकराल समस्याको रुपमा रहेको अनाथ बालबालिको दिगो संरक्षणमा क्रियाशील सेवक नेपालको खुलेरै तारिफ गरेका थिए। गैरआवासिय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष राजु क्षेत्रीले अभियानको सफलतामा सवैको साथ आवश्यक रहेको बताए। आइसीसीका प्रतिनिधि तथा समाजसेवी केपी सिटौला र समाजसेवी विनोद कुँवरले अभियानको प्रशंशा गर्दै आ–आफ्ना तर्फवाट नैतिक तथा आर्थिक सहयोग गर्ने बचनबद्धता व्यक्त गरे।

Sewak Nepal 5

कार्यक्रममा अभियानका सुरुवातकर्ता मध्येका एक संयोजक बुद्ध गौतमले भएकाहरुले नभएकाहरुलाई सहयोग गर्नुपर्ने आवश्यकतामाथि जोड दिएका थिए। संस्थाका सक्रिय अभियन्ता धरती कल्पनाले संस्थाको बार्षिक आयव्यय प्रस्तुत गरेकी थिइन्। प्रतिवेदनमा सेवक नेपालले हालसम्म १४ जना अनाथ बालबालिकाको शिक्षामा खर्च गरिएको उल्लेख भएको छ। तीन बर्षअघि कोरियावाट शुरु भएको यो अभियानमा विभिन्न देशमा रहेका ८० जना अभियन्ताहरु संलग्न रहेका छन्।

Sewak Nepal 6

गत बर्षवाट नेपालमा पूर्णवहादुर खड्का (गोकुल) को अध्यक्षतामा सात सदस्यीय सञ्चालक समिति रहने गरी सेवक नेपालको नामवाट जिल्ला प्रशासन कार्यालय काठमाडौ र समाज कल्याण परिषदमा दर्ता भएर नेपालमा सञ्चालन भएको जानकारी पनि कार्यक्रममा गराइएको थियो।

बिनाशकारि भूकम्पको बेलामा समेत विभिन्न जिल्लाहरूमा पुगि पिडित स्कुलले नानीहरू लाई शैक्षिक सामाग्री र उनका अभिभावक लाई खाद्यान्न लगायतका सामाग्री हरू वितरण गरिएको थियो। अाफ्नाे ज्यानको बाजि लगाएर संस्थाका सचिव टंकराज खड्का (स्याम) र काेषाध्यक्ष जनार्दन तिमिल्सिना लगायत अन्य अभियन्ताहरू सकृय रहेर कार्य गरेका थिए। कार्यक्रममा गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका बरिस्ठ उपाध्यक्ष जुनु गुरुङ, जन सम्पर्क समिती को कोरिया का सभापति गिरिराज कुवर, एन सि सि बरिस्ठ उपाध्यक्ष अन्जु के सि,झापा मिलन समाज कोरिया का अध्यक्ष सन्तोष श्रेष्ठ लगायतले मन्तव्य राख्दै सेबक नेपाल को अभियानमा साथ र सहयोग रहेको बताए।Sewak Nepal 2कार्यक्रममा कोरिया मा कृयासिल विभिन्न संघ संस्था का प्रतिनिधिहरु, अभियान का अभियान्ताहरु,पत्रकार व्यापारी तथा बुद्धिजीवी हरुको बाक्लो सहभागीता रहेको कार्यक्रम संस्थाका अभियान्ता शिभ भट्टको सभापतित्वमामा भयको थियो भने कार्यक्रम सोही संस्थाका अभियन्ता मध्येका एक गोभिन्द गौतमले संचालन गरेका थिए।

प्रकाशन मिति–२०७३ साल असार ७ गते मंगलबार ।