काठमाडौं। विश्वका नेपालीहरुलाई जोड्ने महाअभियानमा लागेको हामी नेपाली ग्लोबल दक्षिण कोरियामा पनि विस्तार भएको छ। हामी नेपाली कोरिया नामवाट दक्षिण कोरियामा हामी नेपाली कोरिया च्याप्टर गठन भएको हो।

जाति, धर्म तथा राजनीतिवाट माथि उठेर स्थापना भएको हामी नेपाली कोरिया पनि अव हामी नेपाली ग्लोबलको नयां बेजोड आयामको रुपमा स्थापना भएको ठहर हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाको रहेको छ। केन्द्रिय अध्यक्ष लामाका अनुसार, शनिबार दक्षिण कोरियामा नेपालीहरुको बृहत भेलाले हामी नेपाली कोरिया च्याप्टरको स्थापना गरेको हो।

दक्षिण कोरियाकी नेपाली समाजसेवी अम्बिका डीसी पार्कको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति समेत गठन भएको छ।  कार्य समितिको उपाध्यक्षमा विचारी शेर्पा,भवानी घिमिरे र अबधेश राज चौरसिया रहेका छन्।

महासचिवमा ओमलाल ओली,सचिव बलराम राई(बलु) र राजु तामाङलाई चयन गरिएको छ। कोषाध्यक्षमा जीवन थापा, सहकोषाध्यक्ष रञ्जु पौडेल रहेका छन्। सदस्यहरुमा मनु राई,लोकेन्द्र चन्द,गोबिन्द मगर,देउजालाल दोङ तामाङ,नवीन खड्का ,नारायण विष्ट,दिपेन्द्र कुमार शेर्पा ,सुमन राइ र सविना कार्की रहेका छन्।

हामी नेपाली दक्षिण कोरिया च्याप्टर गठन कार्यक्रमको सहजिकरण त्यहांस्थित नेपाली काउन्सिलर आदर्श केसीले गरेका थिए।
प्रकाशन मिति–२०७६ साल असार १५ गते आइतवार ।