काठमाडौं। नेवाः फिल्म सोसाइटीले नेवाःपत्रकार राष्ट्रिय दबूका निर्वाचित पदाधिकारीको सम्मान गरेको छ। काठमाडौंको कंकेश्वरी स्थित इन्द्रदेव क्लबमा आयोजित समारोहमा सोसाइटीले दबूका निर्वाचित पदाधिकारीहरुको सम्मान गरेको हो।

आयोजक नेवाः फिल्म सोसाइटीका अध्यक्ष बिराजकाजी राजोपाध्यायको अध्यक्षतामा भएको सगुन सहितको सम्मान कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूका निर्वाचित अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष सुनिल महर्जन, उपाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ, महासचिव केके मानन्धर लगायतका पदाधिकारीहरुलाई नेवाः परम्परा अनुसार अण्डा, बारा सहितको ऐला सगुन दिएर सम्मान प्रदान गर्ने कार्य भएको छ।

जसमा आयोजक नेवाः फिल्म सोसाइटीका पदाधिकारीहरु सुपरस्टार नायक रुपेन्द्र श्रेष्ठ, मल्टीट्यालेन्ट नायिका शोभा महर्जन, लब यु जिन्दगी सुनिता श्रेष्ठ ठाकुर लगायतको सहभागिता रहेको थियो।

प्रकाशन मिति–२०७९ साल फागुन १३ गते शनिवार ।