काठमाडौ। मिस ग्रान्ड नेपाल–२०१९ इन्टरनेशनलको उपाधि दमककी प्रीति पौडेलले जितेकी छिन्। मिस पूर्वाञ्चल मोडल आइकनको उपाधि जितेर मिस ग्रान्ड नेपाल २०१९ को टप १६ मा सहभागी बनेकी प्रीतिलाई मिस टुरिज्म नेपाल २०१८ की विजेता आस्था साखले ताज पहिर्याइदिएकी हुन्।

मिस ट्यालेन्ट, मिस फोटोजेनिक अवार्ड हात पारेकी पौडेलले नगद ६० हजार, ५० हजार बराबरको गोल्ड थान्का र कम्पनी ब्रान्ड सहित यही अक्टोबरमा मलेसियामा हुने मिस टुरिजम इन्टरनेशनल–२०१९ लगायत अन्य इन्टरनेशनलमा सहभागिता जनाउने छिन्।

आरके इन्टरटेनमेन्टले कमलपोखरीस्थित रसियन कल्चरल सेन्टर हलमा आयोजना गरेको प्रतिष्पर्धामा अन्य प्रतिष्पर्र्धीलाई पछाडी पार्दै प्रीति पौडेलले उपाधि चुमेकी हुन्। कार्यक्रममा मुख्य उपाधि सहित ४ शीर्ष विजेता घोषणा गरिएको यो नेपालको सेकेण्ड इन्टरनेशनल व्यूटी प्याजेन्ट हो । प्रतिष्पर्धामा मिस ग्रान्ड स्क्यूवा नेपालः श्रद्धा सिलवाल, मिस ग्रान्ड ल्याण्डस्केपः अस्मिता ढुंगाना र मिस ग्रान्ड मल्टिनेशनल नेपालः आशा कार्कीले अवार्ड प्राप्त गरेका छन्।

उपाधि प्राप्त गर्ने विजेयताहरुलाई ५०/५० हजारको चेकका साथै ५० हजार बराबरको गोल्ड थान्का पनि प्रदान गरिएको थियो । मिस ग्रान्ड मल्टिनेशनल नेपालका विजेयता मलेसिया र मिस ग्रान्ड स्क्यूवा नेपाल विजेता चीनमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनेछन्।

आरके इन्टरटेनमैन्ट गु्रपले आयोजना गरेको यस बर्षको ‘मिस ग्रान्ड नेपाल २०१९’ मा रामहरी सिल्वाल, सरोज प्याकुरेल, मिस नेपाल सदिक्षा श्रेष्ठ, रेडियो नेपालका बरिष्ठ कार्यक्रम प्रस्तोता तथा गीतकार भरत बमजन र इम्पायर भिसा सर्भिसेशबाट प्रीति थापाले निर्णायक मण्डलको भूमिका निर्वाह गरेका थिए।
प्रकाशन मिति–२०७६ साल असोज ३ गते शुक्रवार ।